• रातोकलम सम्बादाता

    काठमाडौ ।

    सोलुखुम्बु जिल्लाको थुलुङ दुधकोशी गाँउपालिका प्रमुख असिम थुलुङ राईले आफ्नो पालिकामा आगामी शैक्षिक सत्रदेखी भाषाको शिक्षक कोटाको व्यबस्था गर्ने बताउनु भएको छ । थुलुङ राई संस्कृति प्रतिष्ठानले आज (मंसिर २८) सुम्निमा हल काठमाडौ कोटेश्वरमा आयोजना गरेको पाँचवीर राईद्वारा लिखित थुलुङ भाषाको ब्याकरण "नाम्स्योर थुलुङ बोक्छेम" सार्वजनिक कार्यक्रममा सो कुरा बताएका हुन । प्रमुख राईले भने "भाषाको योग्य शिक्षक तयार होस, कोटाको व्याबस्था गाउँपालिकाले गर्छ ।



    " थुलुङ भाषाको कक्षा १ को पाठ्यपुस्तक निर्माण भएर थुलुङ भाषीको नहुल्य क्षेत्रमा पढाइ हुँदै आएको छ । अहिले २ कक्षाको पठ्यक्रम बन्दै गरेको खुक्सङ खम्बू राईले बताए । निर्वाचन अघि स्थानीय तहको नाम दुधकौशिका थियो । असिम राईको नेतृत्वमा स्थानीय सरकार गठन भएपछी गाँउसभाले निर्णय गरेर उक्त गाँपाको नाम थुलुङ दुधकोशी बनाएका हुन ।

    नाम परिवर्तन गर्न निक्कै संघर्ष गर्नुपरेको प्रमुख राईले बताए । थुलुङ राई संस्कृति प्रतिष्ठानको अध्यक्ष निर्कुधन राईको सभापतित्वमा भएको कार्यक्रममा किरात राई प्रज्ञा प्रतिष्ठानको कुलपति जय राई, डा. शुखराज राई लगयतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…