• काठमाडौँ, १ पुस

    अखिल नेपाल भिक्षु महासङ्घका महासचिव भिक्षु कोण्डन्यले ‘सुखी पारिवारिक जीवनका लागि बुद्ध शिक्षा’ विषयको निबन्ध प्रतियोगिताका विजेताहरुलाई शनिबार पुरस्कार प्रदान गर्नुभयो । प्रतियोगितामा दीना कंसकार प्रथम, ललिता धाख्वाः द्वितीय र सुषमा बज्राचार्य तृतीय हुनुभएको थियो भने नितेश शाहले सान्त्वना पुरस्कार प्राप्त गर्नुभएको थियो । प्रतियोगितमा २८ निबन्धकारबीच प्रतिस्पर्धा भएको थियो । पुरस्कारको राशि क्रमशः रु ८ हजार, रु ६ हजार, रु ४ हजार र रु २ हजार रहेको छ ।

    निर्णायक मण्डलमा प्रा मदनरत्न मानन्धर, डा केशवमान शाक्य र लोचनतारा तुलाधर हुनुहन्थ्यो । लुम्बिनी नेपलिज् बुद्धधर्म सोसाइटी, युके र युवा बौद्ध समूह, काठमाडौँले हरेक वर्ष बुद्ध शिक्षामा आधारित एक विषयमा संयुक्त रुपमा निबन्ध प्रतियोगिताको आयोजना गर्दैआएको छ । सो अवसरमा भिक्षु कोण्डन्यले बुद्ध शिक्षा जनजनमा फैलाउन सके विश्वमा शान्ति र अमनचैन कायम हुने विश्वास व्यक्त गर्दै बुद्ध शिक्षा प्रचारप्रचारका लागि निबन्ध प्रतियोगिता एक उपयुक्त माध्यम भएको बताउनुभयो । समूहका सल्लाहकार तथा पूर्वमन्त्री डा केशव मान शाक्यले सहभागी निबन्धकारहरुको निबन्धको समीक्षा गर्दै धेरै लेखकहरुको लेखन शैली, विषय प्रवेश, प्रस्तुति र आलोचनात्मक विवेचना उत्कृष्ट रहेको टिप्पणी गर्नुभयो । समूहका अध्यक्ष तेज नारायण मानन्धरको सभापतित्वमा भएको उक्त कार्यक्रममा प्रतियोगी लेखकहरुलाई मैत्री चिन्ह प्रदान गरिएको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…