• काठमाडौं । संघीय संरचनाअनुसार विधान संशोधन गर्ने प्रमुख एजेण्डाको साथ शुरु भएको काग्रेस महासमिति बैठकको दोस्रो दिन शनिवार उद्घाटन कार्यक्रममै बितेको छ । अघिल्लो दिन शुक्रवार नाम दर्ता गर्ने भनिए पनि भोलीपल्टसम्म एक तिहाई महासमिति सदस्यको नाम नै दर्ता गर्न बाकी थियो ।

    महासमिति बैठकमा भाग लिन देशभरबाट महासमिति सदस्य राजधानीको योगम्बर पार्टी प्यालेसमा जम्मा भएका छन् । बैठकमा महासमिति सदस्य, केन्द्रिय समितिका सदस्य, जिल्ला सभापति तथा भातृ एवं शुभेच्छुक संघसंस्थाका प्रमुख गरी एक हजार ६ सय भन्दा बढी प्रतिनिधि छन् ।

    बैठकको व्यवस्थापन फितलो र लथालिङ्ग भएकाले विहान ११ वजे हुने भनिएको उद्घाटन कार्यक्रम दिउँसो १ बजे मात्र शुरु भएको थियो । उद्घाटनलगत्तै विधान संशोधन प्रस्तावसहित पाँचवटा दस्तावेज पेश गर्ने भनिए पनि पूर्व निर्धारत कार्यक्रम भएन । साँझ ७ बजेसम्म उद्घाटन कार्यक्रम चल्यो । कार्यक्रममा पहिले र अहिलेका पदाधिकारी लगायतको लम्मेतम्बे भाषणले दिन वितेपछि आज आइतबार मात्र दस्तावेज पेश हुने भएको छ ।

    महासमिति सदस्यहरुलाई खाना खाजाको व्यवस्था सांसद उमेश श्रेष्ठले गर्नुभएको छ । एकजना सदस्यको लागि ७ सय ५० को दरले खाना र खाजाको विल सांसद श्रेष्ठले तिर्ने हुनुभएको हो । चिसोतातो अन्य पेय पदार्थ बाहिरबाट किनेर लगिएको छ ।

    -अढाई घण्टा भनिएको उद्घाटन कार्यक्रम दिनभर
    -मैले हैन शेरवहादुर दाइले गर्ने हो ।
    -सबै नेताहरुको एउटै भनाइ महासमिति बैठकले गम्भीर छलफल गर्नुप¥यो ।

    ‘कम्तिमा पन्ध्रसय र त्यो भन्दा बढी जति हुन्छन्, सबको खाना खाजाको खर्च सांसद श्रेष्ठले व्यहोर्ने कुरा भएको छ’ पार्टी प्यालेसका एक सञ्चालकले भने— हुस्कि, ब्राण्डी लगाएत अन्य पेय पदार्थ उहाहरुले नै ल्याउने भन्नुभएको छ । उद्घाटन कार्यक्रममा करिब २ हजार नेता कार्यकर्ता सहभागि थिए । यो हिसावले बैठकमा भव्य स्वागत गर्न सांसद श्रेष्ठले १५ लाख रुपैया भन्दा बढी खर्च गर्ने देखिन्छ ।

    काग्रेसले आज देखि ४ गते सम्म एकछाक खाना र खाजाको पैसा व्यहोर्ने भएको छ । आजदेखि भने प्रतिसदस्य ६ सय ५० रुपैयाको दरले पार्टी प्यालेसले हिसाब राख्नेछ । शनिवारको सबै खर्च आफुले व्यहोर्ने भन्दै सांसद श्रेष्ठले पार्टी प्यालेसका सञ्चालकलाई कुनै कमिकमजोरी नगरि भव्य रुपमा खाना खुवाउन आग्रह गर्नुभएको थियो । तर शनिवारको खर्च सबै तपाईले व्यहोर्ने हो भनि नेपाल समाचारपत्रले सोधेको प्रश्नमा सांसद श्रेष्ठले भन्नुभयो— मैले हैन शेरवहादुर दाइले गर्ने हो ।

    उद्घाटन कार्यक्रम साझ अबेरसम्म लम्बिएकाले शनिवार सबै दस्तावेज पेश भएन । बैठकमा महामन्त्री पुर्णवहादुर खड्काले विधान संशोधनको मस्यौदा पेश गर्नुहुनेछ भने अर्का महामन्त्री डा. शसांक कोइरालाले सांगठनिक दस्तावेज प्रस्तुत गर्नुहुनेछ । उपसभापति विमलेन्द्र नीधिले राजनितिक र सहमहामन्त्री डा. प्रकाशसरण महतले समग्र आर्थिक नीतिको प्रस्ताव पेश गर्नुहुनेछ । कोषाध्यक्ष चित्रलेखा यादवले पार्टीको आर्थिक प्रतिवेदन पेश गर्नुहुनेछ ।

    यी पाँच दस्तावेजमध्ये केन्द्रिय समिति बैठकले शुक्रवारसम्म विधान मस्यौदाबाहेक सबै पारित गरिसकेको थियो । विधान मस्यौदामा भने केन्द्रिय सदस्यवीच मतभिन्नता हुदा पारित हुनसकेन । केन्द्रिय समितिले पारित नगरि महासमिति बैठकमा विधान मस्यौदा कसरी पेश हुन्छ भन्ने जिज्ञासामा केन्द्रिय सदस्य धनराज गुरुङ्गले भन्नुभयो—केन्द्रिय समितिले पारित नगरि महासमितिमा पेश गर्न मिल्दैन, अब यहि साइट बैठक बस्छ केन्द्रिय समितिको र छलफल हुन्छ ।

    नेपाली काग्रेसको सबैभन्दा माथिल्लो निकायको रुपमा रहेको महासमिति पनि कर्मकाण्डी मात्र हुने आशंका गरिएको छ । उद्घाटन कार्यक्रममा बोल्ने सबै नेताले महासमितिले गम्भिर छलफल गरि काग्रेसको भविश्य कोर्दै बाहिर निस्कनुपर्ने बताए पनि गम्भिर छलफल हुने छाट देखिदैन । मंसिर ९ गतेदेखि लगातार बसेको केन्द्रिय समिति बैठकले विधान मस्यौदा समेत पारित गरेर ल्याउन नसकेको अवस्था छ ।

    ‘महासमिति बैठकले केन्द्रीय कार्यसमितिले पेश गरेको एजेण्डामाथि गम्भिर छलफल गर्नुपर्छ’ नेता कृष्णप्रसाद सिटौलाले भन्नुभयो– निर्वाचनपछि हामिले एकवर्षको समय त्यसै वितायौ अब एक दिन पनि खेर फाल्नुहुन्न ।
    बैठकमा विना संकोच आफना कुरा ढुक्कसंग राख्न आग्रह गर्दै उहाले महासमितिबाट निस्कदा काग्रेस आन्तरीक रुपमा एकजुट भएर नया उर्जाका साथ अघि बढ्ने सन्देश आम जनतालाई दिनुपर्ने बताउनुभयो ।

    अहिले काग्रेसमाथि ठुलो चुनौती थपिएको बताउँदै नेता प्रकाशमान सिंहले आउने निर्वाचनमा ४५ लाख भन्दा बढी नया मतदाता थपिने भएकाले काग्रेस महासमति बैठकबाट निस्केर जादा उनिहरुलाई पनि उर्जा मिल्नेगरी अघि बढ्नुपर्ने बताउनुभएको थियो । उहाले विधान पारित भएलगत्तै तल्लो निकायहरुको अधिवेशन गरिहाल्नु पर्नेमा जोड दिनुभएको थियो ।

    काग्रेस महासमिति बैठक कसरी शुरु हुन्छ र कसरी अन्त्य हुन्छ भन्नेबारे देश विदेशमा चासो भैरहेको बताउदै काग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले नया परिवेशमा नया ढंगले काग्रेसलाई अगाडी बढाउन उर्जा थप्ने गरि महासमिति बैठक टुंग्याउनुपर्ने बताउनु भएको थियो । नेता अर्जुन नरसिंह केसिले भने हरेक वर्ष बस्नुपर्ने महासमिति बैठक ६ वर्षमा बल्ल एकपटक बस्न लागेको भन्दै समग्र विषयमा निर्ममतापुर्वक समिक्षा गरि निर्णयमा पुग्नुपर्ने बताउनुभयो । आफुभित्रको कमिकमजोरी नहटाएसम्म काग्रेस अघि बढ्न नसक्ने भन्दै उहाले महासमिति बैठकले नेता हैन नीति, व्यक्ति हैन विधि लाई प्राथमिकतामा राखेर छलफल गर्नु धारणा राख्नुभएको थियो ।

    उद्घाटन समारोहमा पुर्व पदाधिकारी वर्तमान पदाधिकारीहरुलाई बोल्न दिइएको थियो । आरोप प्रत्यारोप लगाएर धारणा राखेको देख्दा काग्रेस भित्रको गुटगत राजनीतिले कति जरो गाडिसकेको छ भन्ने अनुमान लगाउन गारो थिएन । केहि नेताहरुले घुमाउरो पाराले काग्रेस नेतृत्व सम्हाल्नु भएका सभापति शेरवहादुर देउवाको कमजोरीको कारण काग्रेस इतिहासमै सबैभन्दा कमजोर अवस्थामा पुगेको आरोप लगाएका थिए भने केहिले बचाउ गर्दै वर्तमान नेतृत्व सक्षम रहेको दावी गरेका थिए ।

    उपसभापति विजयकुमार गच्छेदारले भने सभापति शेरवहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई मञ्चमै हातेमालो र अंकमाल गर्न लगाएर एकताको सन्देश दिन खोज्नुभएको थियो । काग्रेसभित्र सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता सिटौलाको वलियो गुट छ भने प्रभावशाली नेताहरुको पनि छुट्टाछुट्टै गुट रहेको छ । नेपाल समाचर पत्रबाट ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…