• लेटाङ । शिबशक्ति सामुदायिक वन उपभोक्ता समुह लेटाङ ८ मोरङको आठौ अधिवेशन वाट लोकतान्त्रिक समुहको प्यानल नै विजय भएको छ । आज सोही सामुदायिक वनको प्राङगणमा भएको मतदानमा खसेको जम्मा मत मध्ये अध्यक्ष पदका उमेद्धवार धनवहादुर लिम्बुले १६९ मत ल्याई विजय हुनुभएको हो । अन्य पदाधिकारीहरुमा क्रमश उपाध्यक्षमा रुपनारायण लिम्बु १६४ , सचिव गीता लामिछाने १६५ , सहसचिव डम्बरकुमारी खड्का १६९ र कोषाध्यक्ष खिवलाल अधिकारीले १६७ मत ल्याई विजय हुनुभएको हो ।


    अघिल्लो हप्ता सो वनले १९ औ वार्षिक साधारण सभा गरेर ८ औ अधिवेशनको घोषणा गरेको थियो । वन्दसत्र प्रारम्भ गरेपछि अध्यक्षले आफ्नो कार्यकाल सकिएको घोषणा गर्नुभएको थियो । सोही सभाले वनाएको निर्वाचन मन्डलीले आफ्नो कार्यभार सम्हाल्दै सहमति सहितको नयाँ नेतृत्व माग गरेपनि २ प्यानलको नामावली निर्वाचन समितिमा दर्ता भएपछि सहमति खोज्ने प्रयास समेत गरिएको थियो ।दुवै पक्ष सहमतिमा आउन नसकेपछि समितिले निर्वाचन घोषणा गरेको थियो भने लोकतान्त्रिक र वाम पक्ष विच निर्वाचन भएको थियो । निर्वाचनमा वहुमत सहित लोकतान्त्रिक प्यानल विजय भएको हो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…