•  

    झिलझिले, पुस १ । तीन साताअघि झापाको शिवसताक्षी नगरपालिका-७ स्थित लालझोडाका लक्ष्मण खनालसहित एकै घरका चारजनाको ज्यान जाने गरी भएको आगलागी घटनाको सत्यतथ्य छानबिन गर्न माग गर्दै स्थानीय तथा मृतकका आफन्तले प्रशासनसँग माग गरेका छन् ।

    घटनाको छानबिन गरी दोषीलाई कडाभन्दा कडा कारबाही गर्न माग गर्दै स्थानीयसहित पीडित परिवारले झिलझिलेस्थित इलाका प्रहरी कार्यालयमा पुगेर सो घटनाको सूक्ष्म रुपमा अनुसन्धान गर्न स्थानीय प्रशासनको ध्यानाकर्षण गराएका हुन् ।

    गत मंसिर ९ गते राति १० बजेतिर खनालको घरमा अचानक आगलागी हुँदा उनीसहित २८ वर्षीया श्रीमती राधिका खनाल, ४ वर्षीया छोरी चन्द्रा र पाँच महिनाका छोरा टिकाराम खनालको मृत्यु भएको थियो । रातको समयमा सो घटना सुनियोजित भएको र यतिका दिन बितिसक्दा पनि घटनाका विषयमा प्रहरीले चित्तबुझो अनुसन्धान नगरेकोमा मृतकका बुबा कृष्ण खनालले गुनासो गरे ।

    एकै परिवारका चारजनाको ज्यानै जाने गरी भएको आगलागी घटनाको विस्तृत रुपमा सत्यतथ्य बाहिर आउने गरी छानबिन गर्नुपर्ने शिवसताक्षी नगरपालिका वडा नम्बर १ वडाअध्यक्ष सुवास राईले बताए । झिलझिले प्रहरीले पनि घटनाको सूक्ष्म ढङ्गबाट अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक कैलाश राईले बताएका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…