• काठमाडौं, १ पुस । नेपाल प्रहरीका अधिकृतहरुले महानिरिक्षक सर्वेन्द्र खनालले पहुँच भएपछि नियम कानून अनुसार काम नगरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

    महानिरिक्षक खनालले सरुवा मापदण्ड निमुखाहरूका लागि मात्र भएको भन्ने प्रमाण सरुवा निस्किएको १ साताभित्रै भएको एक प्रहरी निरीक्षकको आकर्षक कार्यालयको इन्चार्जमा भएको काजले प्रष्ट पारेको उनीहरुको भनाई छ ।

    प्रहरी अधिकृतहरुले महानिरिक्षक खनाललाई पत्र लेख्दै भनेका छन् ‘२०७५ कात्तिक ३० मा प्रहरी प्रधान कार्यालयले ४ सय ५५ प्रहरी निरीक्षकको सरुवा निकाल्यो ।

    त्यसको एक सातामै २०७५ मंसिर ६ मा प्रहरी निरीक्षक मुरारी मिश्रको कास्की ट्राफिक प्रहरी कार्यालयको प्रमुखमा सरुवा भयो ।

    एक सातामै काज निकाल्ने प्रहरी प्रधान कार्यालयले उनलाई किन कात्तिक ३० मै सरुवा गरेन ?’ आइजीपी खनालले आफु निकट मिश्रलाई पठाउनकै लागि कास्की ट्राफिकमा कसैलाई पनि सरुवा नगरी खाली राखेको उनीहरुको तर्क छ ।

    प्रहरीको कर्मचारी प्रशासन शाखाले जागिरे जीवनमा सधैं कमाउ ठाउँमा बसेका इन्स्पेक्टर मिश्रलाई कास्की ट्राफिक प्रहरीको प्रमुखमा काज पठाएको हो ।

    मिश्रको दरबन्दी महानगरीय ट्राफिक प्रहरी महाशाखा भएपनि खनालले उनलाई दरबन्दीमा नपठाई कास्की ट्राफिकमा पठाएका प्रहरी अधिकृतहरुको गुनासो छ ।

    कास्की ट्राफिकका प्रमुख इन्स्पेक्टर ऐनबहादुर मल्ललाई रोल्पा सरुवा गरिएको छ । मिश्र ट्राफिकका सबै कमाउ पोष्ट चाहारी अकूत सम्पत्ति आर्जन गर्ने अधिकृतका रुपमा चिनिन्छन् ।

    नवलपरासी ट्राफिक, वागमती लाइसेन्स, सातदोबाटो ट्राफिक, थानकोटलगायतका पोष्ट इन्चार्ज हुँदा उनी पैसाकै कारण बदनाम भएको निकटहरुले बताउँछन् ।

    यस्ता विवादित र अकूत सम्पत्ति आर्जन गर्ने मिश्रलाई पुनः अर्को आकर्षक कास्की ट्राफिकमा पठाउनुको रहस्य के हो ?

    ट्राफिकमा बसेर भ्रष्टाचार गरी अकूत सम्पत्ति आर्जन गर्ने डीएसपी कृष्णदत्त भट्ट, धर्मेन्द्र रावल, मुरारी मिश्रहरूको नाम आउँछ । अभियान टाइम्सका साथमा ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…