• धनगढी, १ पुुस

    कैलाली जिल्लामा एक हजार २६१ एचआइभी सङ्क्रमितले यो रोग विरुद्धको एन्टी रेक्टोभाइरल (एआरटी) औषधि खाइरहेका छन् । आर्थिक वर्ष २०७२/७३ मा ९९८, वर्ष २०७३/७४मा एक हजार १५४ र वर्ष २०७४/७५ मा एक हजार २४१ ले यो औषधि खाइरहेकोमा चालु वर्षको गएको कात्तिक महीनासम्म औषधि खानेको सङ्ख्या एक हजार २६१ जना पुगेको हो ।

    जिल्लाको टीकापुर अस्पताल र धनगढीस्थित सेती अञ्चल अस्पतालमा रहेको एआरटी सेन्टरमार्फत यी बिरामीलाई उक्त औषधि उपलब्ध गराउने गरिएको छ । यस बाहेक गोदावरी नगरपालिकाको मालाखेती अस्पतालबाट पनि गएको साउनदेखि एचआइभी सङ्क्रमितलाई एआरटी औषधि खुवाउन थालिएको जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक महेश चन्दले जानकारी दिनुभयो । एआरटी औषधि खानेमध्ये सबैभन्दा बढी महिलाको सङ्ख्या ६५४ रहेको छ । वयस्क पुरुष ४८४, समलिङ्गी १४ जना र बालबालिकाको सङ्ख्या १०९ रहेको छ । यो रोगप्रति बढेको चेतनाका कारण सङ्क्रमितहरू पहिलेको तुलनामा खुलेर आउन थालेको र रोग निदान तथा उपचारमा सरकारले अपनाएको नीतिका कारण पछिल्ला वर्षमा यो रोगबाट मृत्यु हुने क्रम घटेको पाइएको एचआइभी एडस रोकथामको क्षेत्रमा कार्यरत एड्स हेल्थ केयर सेन्टरका माधव पन्तले बताउनुभयो । जिल्लामा गतवर्ष जम्मा छ हजार ४८१ जनाको एचआइभी जाँच गरिएकोमा ११५ जना सङ्क्रमित फेला परेका थिए । गएको साउनदेखि कात्तिकसम्म थप ६९३ जनाको जाँच गरिएकोमा २८ जना सङ्क्रमित फेला परेका छन् । एचआइभी देखिनेमध्ये सबैभन्दा बढी भारतमा काम गरेर फर्किने पुरुष कामदार र तिनका परिवार रहेको पाइएको एआरटी सेन्टरका लोकराज पनेरुले बताउनुभयो । जनस्वास्थ्य निरीक्षक चन्दले यो रोगबारे बढेको जनचेतनाका कारण केही वर्षयता मृत्यु दर र औषधि खान छोड्ने दर घट्दै गएको बताउनुभयो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…