• बाहुनडाँगी । ‘मदन ढकाल स्मृति वीरता जेसीज उत्कृष्ट पत्रकारिता पुरस्कार–२०७५’ पत्रकार लक्ष्मी काफ्लेलाई प्रदान गरिएको छ ।
    आइतबार वीरता जेसीजको ३८औँ वार्षिक साधारणसभा तथा शाखा अधिवेशनका अवसरमा काफ्लेलाई पुरस्कृत गरिएको हो । काफ्ले नया पत्रिका दैनिकका झापा सम्वादाता हुन् ।
    वीरता जेसीजले दिवंगत पूर्व अध्यक्ष मदन ढकालको स्मृतिमा पुरस्कार स्थापना गरिएको हो ।
    यसैगरी, दिलकुमार स्मृति वीरता जेसीज सक्रिय पूर्व अध्यक्ष पुरस्कार संस्थाका पूर्व अध्यक्ष विनोद बस्नेतलाई प्रदान गरियो । दुबै पुरस्कारको राशि जनही १५ हजार पाँच रुपैयाँ रहेको छ । पुरस्कार छनौट समितिका सदस्य पत्रकार महासंघ झापाका सहसचिव केशव भट्टराईले पुरस्कृत व्यक्तित्वको नाम घोषणा गरेका थिए ।
    उक्त अवसरमा अक्षयकोषका लागि दाता परिवार सावित्रा ढकाल, रेखा घिमिरे र लव घिमिरेलाई समेत सम्मानपत्रद्वारा सम्मान गरिएको छ । त्यस्तै प्रविधिको प्रयोगसहित शान्ति सुरक्षा व्यवस्थापनमा महत्वपूर्ण योगदान पुर्याउने इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख कृष्णप्रसाद कोइराला र ट्राफिक व्यवस्थापनमा महत्वपूर्ण योगदान गर्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख राजेश राईलाई सम्मानपत्रसहित सम्मान प्रदान गरियो ।

    वीरता जेसीजका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको साधारणसभा तथा शाखा अधिवेशनको उद्घाटन प्रमुख अतिथि गोपालकुमार बस्नेतले गरेका थिए ।
    त्यस्तै वीरता जेसीजले इलामको रोङ–६ सलकपुरस्थित मोतिराम माविको शैक्षिक विकासमा टेवा पुर्याउन एक थान कम्प्युटर हस्तान्तरण गरेको छ । विद्यालयका प्रधानाध्यापक हर्कलाल गिरीले उक्त कम्प्युटर ग्रहण गरेका थिए ।
    त्यस्तै भद्रपुर जेसीजको भवन निर्माणका लागि वीरता जेसीजले ११ हजार पाँच रुपैयाँ सहयोग प्रदान गरेको छ । भद्रपुर जेसीजका अध्यक्ष सोम ढुंगेल र पूर्व अध्यक्ष रमेश पोखरेललाई उक्त रकम हस्तान्तरण गरिएको थियो ।
    कार्यक्रममा सन् २०१८ मा वीरता जेसीजसँग विभिन्न कार्यक्रममा सहकार्य गर्ने संस्था, सहयोगी दाता, संयोजकको पदमा रहेर आफ्नै अगुवाईमा कार्यक्रम सम्पन्न गर्ने संयोजकहरु तथा दुर्घटना न्यूनीकरण महाअभियानमा सहयोग गर्नेहरुलाई कदरपत्रद्वारा सम्मानित गरिएको थियो ।
    कार्यक्रममा प्रमुख अतिथि बस्नेत र वीरता लेडी जेसीजकी संस्थापक अध्यक्ष शारदा रिजालले मन्तव्य राखेका थिए । पूर्व अध्यक्ष युवराज दाहालले अधिवेशनको कार्यक्रमबारे प्रकाश पारेका थिए भने निर्वाचन अधिकृत निवर्तमान अध्यक्ष सञ्जु भारतीले निर्वाचन कार्यक्रमबारे जानकारी गराएका थिए । समारोहका संयोजकद्वय कार्यकारिणी उपाध्यक्ष मिजास पोखरेलले स्वागत, मिकी कार्कीले आस्था वाचन गरेको कार्यक्रममा जेसीआई मिसन, भिजन र नेपाल जेसीज तथा वीरता जेसीजको प्रकरण वाचन प्रकरण निर्देशक विशाल थापाले गरेका थिए । कार्यक्रमको सञ्चालन महासचिव विनोद पाण्डेले गरेका थिए ।
    साधारणसभाको बन्दसत्रले महासचिव विनोद पाण्डेको प्रतिवेदन, कोषाध्यक्ष जीवनकुमार खड्काको आर्थिक प्रतिवेदन, एम्बुलेन्स सेवा समितिको तर्फबाट संयोजक राजेन्द्र चौलागाईले प्रस्तुत गरेको प्रतिवेदन र निर्वाचन सम्बन्धी कार्यक्रम सर्वसम्मत रुपले पारित गरेको छ । वीरता जेसीजको अधिवेशनबाट सन् २०१९ का लागि नयाँ नेतृत्व चयन गर्न निर्वाचन प्रक्रिया पनि शुरु भएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…