• काठमाडौं -राजधानीमा जारी नेपाली कांग्रेसको महासमिति बैठकमा सनातन हिन्दूराष्ट्रको माग गर्दै महासमिति सदस्यहरूले हस्ताक्षर अभियान चलाएका छन् । सिंहदरबार मूल ढोकाअगाडि योगम्बर पार्टी प्यालेसमा आयोजना गरिएको महासमिति बैठकभित्र छिर्ने गेटमा ब्यानर नै टाँगेर हिन्दूराष्ट्रका लागि हस्ताक्षर अभियान चलाइएको हो ।

    पूर्व सांसद एवं कांग्रेस महासमिति सदस्य शंकर पाण्डेले देशलाई वैदिक सनातन हिन्दूराष्ट्र बनाउनका लागि हस्ताक्षर अभियान चलाइएको दाबी गरे । लोकान्तरसँग पाण्डेले भने, ‘अब देश जोगाउने जिम्मा नेपाली कांग्रेसको मात्र नभएर ९४ प्रतिशत सनातन धर्मावलम्बीहरूको काँधमा आएको छ ।’



    उक्त हस्ताक्षर अभियानमा ५ सयभन्दा बढी महासमिति सदस्यहरूले हस्ताक्षर गरेर सहभागिता जनाइसकेका छन् । लोकान्तरकर्मी हस्ताक्षर अभियान चलिरहेको ठाउँमा पुग्दा कांग्रेसबाट काठमाडौं उपमहानगरपालिकाको उपमेयरमा निर्वाचित हरिप्रभा खड्की हस्ताक्षर गर्दै थिइन् ।

    नेपाली कांग्रेसभित्र हिन्दूराष्ट्रको माग बेलाबेलामा उठ्ने गरेको छ । केही दिनअगाडि महासमिति बैठक तयारीका लागि केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकमा पनि धर्मकै विषयमा चर्काचर्की भएको थियो ।

    प्रस्तावित विधानमा ‘धर्मनिरपेक्षतालाई कांग्रेसको नेतृत्वमा भएको महत्त्वपूर्ण उपलब्धि’ भनेर उल्लेख गरिएपछि हिन्दूराष्ट्र पक्षीय नेताहरू बैठकमा आक्रामक रूपमा प्रस्तुत भएका थिए ।

    पार्टी महामन्त्री शशांक कोइरालाले समेत नेपाललाई हिन्दूराष्ट्र बनाउनका लागि जनमत संग्रह गर्नुपर्छ भन्ने अभिव्यक्ति बेलाबखत दिने गरेका छन् ।

    महासमिति बैठक स्थलमा भेटिएका कोइरालाले अहिले आफू केही नबोल्ने तर बैठकमा हिन्दूधर्मको पक्षमा जोडदार आवाज उठाउने संकेत दिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…