• काठमाडौं– नेपाली कांग्रेसका बहुसंख्यक महासमिति सदस्यहरुले नेताहरुको दम्भ र गुटका कारण पार्टीले चुनावमा पराजय व्यहोर्नु परेको बताएका छन् । कम्युनिष्टहरुले देश कव्जागर्न लागेको भन्दै उनीहरुले गुट अन्त्य गरेर कार्यकर्ताको मनोवल उचो बनाउन नेतृत्वको ध्यानाकर्षण गराए ।

    काठमाडौंमा जारी महासमिति बैठकको बन्दशत्रमा बोल्ने अधिकाशं सदस्यहरुले गाँउ तहसम्म झांगिएको गुटले कांग्रेलाई यो अबस्थामा पुर्‍याएको बताएका हुन् । आइतवार अपराह्न साढे ३ बजेसम्म १९ जना सदस्यहरुले धारणा राखेका नेता रामहरि खतिवडाले जानकारी दिए ।


    तुलसी सुब्बा, गोपालजीजंग शाह, दिपक बाँस्कोटा, विष्णु कडेल, नगेन्द्र कुमाल लगायतले धारणा राखिसकेका छन् । नेतृत्वको कार्यशैलीमा सुधार नआए पार्टी झन् कमजोर हुने भन्दै उनीहरुले बोलीमा नभइ व्यबहारमै एकजुट भएर अगाडि जान नेतृत्वलाई आग्रह गरे ।

    आफ्ना भनाइ राख्ने अधिकांश सदस्यहरुले संसदमा कांग्रेसको भूमिका कमजोर भएको, मुलुकमा प्रतिपक्ष नभएको जस्तो अनुभव भएको भन्दै पार्टी नेतृत्वको आलोचना गरेको छन् । उनीहरुले पार्टीलाई सशक्त भूमिका खेल्न सुझाए । ʻदेश कम्युनिष्टहरुले कव्जागर्न थाले, तपाईंहरु पार्टी कब्जा गरेर नबस्नुस्ʼ एक महासमिति सदस्यले भने ।

    शनिनवार शुरु भएको महासमिति बैठकको बन्दशत्र आइतवार शुरु भएको हो । अहिलेसम्म विधान संशोधन प्रस्ताव पेश हुन नसकेकोले सदस्यहरुले राजनीतिक प्रस्तावमाथि बोलिरहेका छन् । नेता विमलेन्द्र निधिले राजनीतिक प्रस्ताव पेस गरेका थिए ।

    बन्दसत्रमा महामन्त्री डा शशाङ्क कोइरालाले ‘साङ्गठनिक प्रतिवेदन’, कोषाध्यक्ष सीतादेवी यादवले पार्टीको ‘लेखा प्रतिवेदन’ र सहमहामन्त्री डा प्रकाशशरण महतले पार्टीको ‘आर्थिक प्रस्ताव’ पेश गरेका छन् । तीन वटै प्रस्तावमाथि आज छलफल हुने कार्यसूची रहेको छ ।

    प्रतिवेदनमा छलफलपछि महासमिति सदस्यले राखेका विचारका आधारमा संशोधनसहित पारित हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । विधान संशोधनको मस्यौदामा भने सहमति जुट्न बाँकी रहेको जनाइएको छ । सहमतिपछि केन्द्रीय समितिले पारित गरी बैठकमा विधान संशोधन प्रस्ताव पेश गरिने जनाइएको छ ।

    बैठकमा ७७ जिल्ला र विदेशस्थित जनसम्पर्क समितिका गरी एक हजार ७०० भन्दा बढी प्रतिनिधि एवं पर्यवेक्षकको सहभागिता छ । बैठक पुस ३ गते समापन हुने भनिएपनि महासमिति बैठक १ दिन लम्बिने सम्भावना रहेको कांग्रेस स्रोतले बतायो । चुनावमा पार्टी पराजयको समिक्षा तथा भावी रणनीति तय गर्न कांग्रेसको महासमिति बैठक बसेको हो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…