• काठमाडौं । महेन्द्र स्मृती दिवसको अवसरमा शाही युवा शक्ति नेपालले राजधानीमा बृहत प्रदर्शन गरेको छ । राजधानीको गोंगवुबाट सुरु भएको मोटरसाइकल र्याली सामाखुसि,लैनचौर,नारायणहिटी हुँदै दरवारमार्ग स्थित महेन्द्र शालीकमा पुगेर कोण सभामा परिणत भएको थियो।

    र्यालीमा १ हजार भन्दा बढि मोटरसाइकलको सहभागीता रहेको थियो।र्यालीमा सहभागीहरुले गणतन्त्र बिरुद्धमात्र नभएर प्रधानमन्त्री केपी ओली र नेकपाका अध्यक्ष प्रचण्ड बिरुद्ध पनि चर्को नारावाजी गरेका थिए।

    कोण सभालाई सम्बोधन गर्दै शाही युवा शक्तिका अध्यक्ष पशुपति खड्काले अब संघिय गणतन्त्रलाई जरैदेखि उखेलेर फाल्ने बताए।

    उनले केपी ओली र प्रचण्डले देशलाई राजाले भन्दा पनि बढि निरंकुशता लादेको भन्दै अब जनताको बलले राजसंस्था फर्काउने र राजा ज्ञानेन्द्रलाई नारायणहिटी फर्काउने बताए।

    पुष १ गतेको कार्यक्रम सांकेतिक मात्रै भएको बताउँदै आगामी दिनमा अझ सशक्त कार्यक्रम गर्ने युवा शक्तिले जनाएको छ । शाही युवाशक्तिको प्रर्दशन भिडियोमा हेर्नुहोस्

    https://www.youtube.com/watch?v=795NiHVxwJM

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…