• बाहुनडाँगी । सिद्धार्थ महिला जेसीज वर्ष २०१८ को अध्यक्षमा पार्वती पौडेल निर्वाचित हुनु भएको छ । आइतवार सम्पन्न शाखाको २२ औँ वार्षिक साधारण सभाले पौडेललाई अध्यक्षमा निर्वाचित गरेको हो ।
    शाखाको कार्यकारीणी उपाध्यक्षमा मिनाक्षी क्षेत्री र गीता बन्जाडे, उपाध्यक्षहरुमा अनुपा पाण्डे, रत्ना पोखरेल, ललिता चौधरी र लक्ष्मी न्यौपाने चयन हुनु भएको छ । यसैगरी, निर्देशकमा अम्किा घिमिरे र विष्णु पाण्डे चयन हुनु भएको प्रमुख निर्वाचन आयुक्त विनम गुरुङले बताउनु भयो ।
    शाखा अध्यक्ष विन्दु काफ्लेको सभापतित्व तथा सिद्धार्थ नगरपालिकका उप मेयर उमा काफ्लेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष एवम् वर्ष २०१९ का कार्यकारीणी उपाध्यक्षका उम्मेदवार राजेन्द्र घिमिरे, राष्ट्रिय उपाध्यक्ष सिनेटर विजय गुरुङ, सिद्धार्थ जेसीजका अध्यक्ष एवम् वर्ष २०१९ का लागि राष्ट्रिय उपाध्यक्षका उम्मेदवार कमल भभण्डारीलागयतले शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रमको सञ्चालन लक्ष्मी अधिकारीले गर्नु भएको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…