• बाहुनडाँगी । नेपाल जेसीजको ४५ औँ राष्ट्रिय महाधिवेशन आउन ४ दिन बाँकी हुँदा ९ सय २० जनाले रजिष्ट्रेशन गरेका छन् ।
    आइतवार साँझसम्म प्राप्त जानकारी अनुसार ८१ वटा शाखाको ९ सय २० जनाले रजिष्ट्रेशन गरेका आवास व्यवस्थापन समितिका संयोजक शंकर शाहले बताउनु भयो । यस अघि पुष १ गतेसम्म बैकिङ रजिष्ट्रेशन खुल्ला गरिने भनेता पनि विभिन्न शाखाहरुको आग्रहका कारण थप ३ दिन म्याथ थपिएको महाधिवेशनका निर्देशक सन्तोष शाहले बताउनु भयो । देशभरका शाखाहरु आफ्नो शाखाको अधिवशेन गर्न व्यस्त रहेका कारण केही दिन म्याद थप्न आग्रह गरेका कारण ४ गतेसम्मलाई थप गरिएको निर्देशक शाहले बताउनु भयो ।
    रजिष्ट्रेशन भएका शाखाहरुलाई बस्ने होटल र कोठा नम्बरको व्यवस्था मिलाइसकिएको आथित्यता शाखा जनकपुर जेसीजका महासचिव तुलसी पञ्जियारले बताउनु भयो ।

    रजिष्टे«शनका लागि आथित्यता शाखाले राष्टिय बाणिज्य बैक र मेगा बैंकमा रकम जम्मा गर्ने व्यवस्था गरेको छ । राष्ट्रिय बाणिज्य बैंकमा जम्मा गर्नका लागि खाता नम्बर १२२०००६६७००१ र मेगा बैंकमा जम्मा गर्ने शा खाका लागि खाता नम्बर ०२६००१०१२६४०४ रहेको संयोजक शाहले बताउने भयो ।

     

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…