• बाहुनडाँगी । नेपाल जेसीज बर्ष २०१८ को अन्तिम तालिमको रुपमा क्षेत्र “घ“ अन्त्रगतको राष्ट्रिय तालिम सप्ताह– २०१८ सम्पन्न भएको छ । अत्तरिया जेसीजमबाट उद्घाटन भएको तालिम सप्ताह पाल्पामा पुगेर समापन भएको थियो ।
    नेपाल जेसीजको आयोजनामा यो वर्ष ४ वटै क्षेत्रमा साप्ताहि तालिम सञ्चालन गरिएको थियो । युवाहरुलाई थप व्यक्तित्व र नेतृत्वसहित थप उत्साह ल्याउनका लागि तालिमको आयोजना गरिएको हो । यस अघि ३ वटा क्षेत्रमा तालिम सम्पन्न भइसकेका थिए ।
    क्षेत्र ‘घ’ अन्तरगत अत्तरिया जेसीज, अछाम जेसीज, बीरेन्द्रनगर जेसीज, सुर्खेत महिला जेसीज , सम्भावित भेरिगंगा जेसीज, बीरेन्द्रनगर जुनियर जेसीज, लम्कि जेसीज र पाल्पा जेसीजको आतिथ्यतामा उक्त तालिम सप्ताह सम्पन्न भएको नेपाल जेसीजका राष्ट्रिय तालिम आयुक्त अनिलबहादुर शाहीले बताउनु भयो ।
    विभिन्न तालिममा सहभागिहरुलाई प्रमुख प्रशिक्षकका रुपमा रहेर रमेश अर्याल, दिनेश खड्का, प्रदिप विष्ट, मुक्तिनाथ गैरेले प्रशिक्षण गराउनु भएको थियो । तालिमको अवधीभर यस क्षेत्रका निरुपित राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष अशोक शंकर, राष्ट्रिय उपाध्यक्ष सिनेटर विजय गुरुङ, राष्ट्रिय उपाध्यक्ष रञ्जना चापागाई खर्वुजा, तालिम आयुक्त अनिलबहादुर शाही, क्षेत्र घ तालिम संयोजक मुक्तिनाथ गैरेले अनुगमन तथा थप हौषला दिनु भएको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…