• नेपाल सरकारकी महामहिम राष्ट्रपतीज्यु ,नयाँ युगको लोकतान्त्रिक गणतन्त्रमा नयाँ युग आइसकेको चर्चा कहिले १८,०००००० रुपैयाँका कारले बढायो त कहिले तपाइको १,५०,०००००००० रुपैयाँ बजेटका हेलिकप्टरले चुलिन थालेको सन्दर्भमा सुझाव एक सर्वसाधारण नागरिकको हिसावले सम्प्रेषण गर्नु मन लाग्यो।

    महामहिम ज्यु ,हाम्रो देश नेपाल सगरमाथा भएको देश,बुद्दको जन्म भएको देश,सीता र पशुपतिनाथ भएको देश विश्वमा प्रसिद्द छ।धनी राष्ट्र हुनुपर्ने विश्वकै अग्लो सान भएको सगरमाथा मुस्कुराउनु पर्ने देश जनजिविका र गरीबी अनि परनिर्भरताले घोप्टिएको र अध्यारिएको छ। वीर गोर्खालीहरुको गरिमा बोकेको देश नेपाल खग्रासिएको छ ,महामहिम राष्ट्रपति ज्यु। नेपाल चिनाउने सम्पदा र वीरता अनि युगपुरुष बुद्दाहरु त जन्मिए तर नेपाललाई विश्वको माझ चिनाउने राष्ट्रपति र प्रधानमन्त्रीको जन्म किन हुन सकेन भनेर यतिबेला नेपाल र नेपालीको मन दुखेको छ राष्ट्रपती महोदय। महामहिमका १८,०००००० रुपैयाँका विलासी कार र १,५००००००००० रुपैयाका हेलिकप्टरका खबर जनताको रेडियोले नफुक्दै बजार भाउ उकास्सिएको छ,गरिब जनताको ढाड सेकिएको छ ,राष्ट्रपति महोदय।त्यसउपर ध्यान दिइयोस। गरिब जनताले उपभोग गर्ने खाद्यान्न समेत किन्न महङ्गो भैरहेको अवस्थामा तपाइका देनहरु यी मात्र हुने भए कि भन्ने भयले पहिलो महिला राष्ट्रपतीको गरिमा मात्रै घट्दै छैन सीता र बुद्दको शिरहरु पनि ढल्दैछन।

    युवाशक्ती पलायन भै जम्मा भएको रेमिटेन्स समेत सत्तासीनहरु पाल्न महङ्गो भएक अवस्थामा अलिकति विवेक त देशको निमित्त दिनुभएको भए कल्याण हुने थियो कि महामहिम राष्ट्रपतीज्यु ?? अन्त्यमा, महामहिम ज्यु काठमाडौंको जलबायु खराब छ अब हेलिकप्टर ,कार ,महल सबै पूर्ण भैसक्यो।अब वर्षमा ११ महिना युरोप ,अमेरिका बस्ने बरु एक महिना शितल निवासमा आइ आराम गर्दै राज्य चलाउने प्रथा तपाईबाटै सुरु गर्नुहोसको सुझाव सगै बिदा हुन्छु।
    धन्यवाद।
    ०१ पौष,२०७५
    सिन्धुपाल्चोक
    हाल:काठमाडौं

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…