• काठमाडौं – जनताको मुक्तिका नाममा सशस्त्र संघर्ष गरेका तत्कालीन माओवादीका सुप्रिमो पुष्पकमल दाहाल ‘प्रचण्ड’ पछिल्लो समय एमालेसँग एकीकरण गरेको विलिन भएको कतिपय कार्यकर्ता गुनासो गर्छन् ।

    प्रतिनिधिसभा निर्वाचनअघि एमालेसँग वाम गठबन्धन र चुनावपछि पार्टी एकीकरण गर्दा असन्तुष्ट भएका नेता कार्यकर्ताले लगातार प्रचण्डमाथि प्रहार गरिरहेका छन् । तीमध्येका एक हुन् गोपाल किराँती ।

    एमाले–माओवादी केन्द्रको एकतापछि माओवादी पुनर्गठनमा जुटेका गोपाल किराँती प्रचण्डप्रति खनिएका छन् ।

    आईतबार रिपोर्टर्स क्लब नेपालमा नेकपा माओवादी पार्टीको आठौं महाधिवेशनको बारेमा जानकारी दिँदै अध्यक्ष किराँतीले प्रचण्डले जनयुद्धको कार्यभार र दायित्व भुलेकोले डाँका नै भन्न बाध्य भएको बताए ।

    ‘जनयुद्धको कार्यभार र आफ्नो दायित्वलाई भुलेर क्रान्तिको कार्यभार अधुरो छोडेर धोका दिनुभयो, प्रचण्डलाई त हामीले डाँका नै भन्न बाध्य भयौं । उहाँ धोकेवाज बन्नुभयो,’ किराँतीले थपे ।

    प्रचण्डभन्दा गृहन्त्री रामबहादुर थापा ‘बादल’ राष्ट्रवादी नेता भएको दावी गर्दै किराँतील बादललाई जनविद्रोहमा आउनको लागि आग्रह गरिसकेको जानकारी दिए । ‘अझैपनि जनताका अधिकार स्थापित भएका छैनन्, तपाईलाई हामी नेता स्वीकार्न तयार छौं, तपाईलाई प्रधानमन्त्रीको रुपमा अघि सारेर वर्तमान सरकारलाई सडकबाटै ढाल्न तयार छौं, तपाई जत्तिको राष्ट्रभक्ति नेता र युद्धको कुसल कमाण्डर इमान्दर सिपाही यस्तो नालायक सरकारमा बस्न सुहाउँदैन भनेका छौं,’ किराँतीले प्रष्ट पारे ।

    अध्यक्ष किराँतीले नेत्रविक्रम चन्द ‘विप्लव’ र मोहन वैद्य ‘किरण’ नेतृत्वको माओवादीसँग आठौं महाधिवेशनपछि पार्टी एकता गरिने दावीसमेत गरेका छन् । एकता प्रक्रियामा रहेका सबै नेता र पार्टी प्रचण्डका सहयोद्धा थिए । माओवादी शान्ति प्रक्रियामा आएपछि सबै विभाजित हुँदै गएका छन् ।

    पार्टी लाइनमा थोरै मात्रै तलमाथि भएपनि सार एउटै भएकोले एकता हुने उनको भनाइ छ । वैद्यले भन्ने गरेको जनक्रान्ति, विप्लवको एकीकृत जनक्रान्ति र आफूहरुले भन्ने गरेको महान जनविद्रोहबीच ठूलो भिन्नता नरहेको भन्दै पार्टी एकीकरण हुने तर्क गरे ।

    एकतापछि पार्टीको नेतृत्वका लागिसमेत विवाद नहुने उनको दावी छ । ‘एकीकरणपछि नेतृत्वको बारेमा कुनै विवाद हुँदैन । वैद्य, विप्लव जसले पनि नेृत्व लिन सक्नुहुन्छ,’ किराँतीले भने ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…