• काठमाडौं – नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि र केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाले महासमिति बैठकमा हिन्दू धर्मको एजेण्डालाई प्रवेश गर्न नदिने जनाएका छन् ।

    काठमाडौंका रामशहापथस्थित एक पार्टी प्यालेसमा शनिबारदेखि शुरु भएको महासमिति बैठकभन्दा बाहिर आइतबार हिन्दू राष्ट्र घोषणाको अभियानमा हस्ताक्षर चलेको थियो । यो अभियानलाई महामन्त्री डा।शशांक कोइरालासहितका नेताहरुले साथ दिएका छन् ।

    कांग्रेस नेताहरुले महासमिति सदस्यहरुलाई हस्ताक्षर गराइरहेका छन् । तर, यो अभियानलाई सफल हुन नदिन उपसभापति निधि र केन्द्रीय सदस्य सिटौला सक्रिय भएको एक नेताले बताए । निधि र सिटौला हिन्दू धर्मको विरोधमा उत्रिएपछि महासमिति सदस्यहरु चकित परेका छन् ।

    कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीले केही दिन अगाडि क्रिश्चियन धर्म प्रचारक संस्थाको कार्यक्रममा नेपाल सरकारलाई सहयोगी बनाएर कार्यक्रम गरेपछि देशभरि विरोध भैरहेको छ । कम्युनिस्ट सरकार नै क्रिश्चियन धर्म प्रचारमा लागेपछि कांग्रेसमा हिन्दूराष्ट्रको अभियान चलेको हो ।

    कांग्रेसलाई दवाव दिने नेताहरुले हिन्दू राष्ट्रको अभियान चलाइरहेका बेला निधि र सिटौलाले अभियानमा नलाग्न आफू निकटका नेताहरुलाई निर्देशन दिएका छन् । निधि र सिटौलाले हिन्दू धर्मको किन विरोध गरेका हुन् भनेर प्रश्न पनि उठेको छ ।

    स्रोतका अनुसार निधि र सिटौलाले नेपाललाई धर्मनिरपेक्षमा नै ठीक रहेको बताउने गरेका छन् । उनीहरुले महामन्त्री डा. कोइरालासहितका नेताहरुको हिन्दू राष्ट्रको अभियानलाई असफल बनाउनुपर्ने बताउने गरेका छन् ।

    कांग्रेसका उपसभापति निधिले जनकपुरमा भारतको उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ आउँदा पनि विरोध गरेका थिए । निधिले पछिल्लो समय हिन्दू धर्म र अभियानको विरोध गर्दै आएका छन् । निधिको यो विरोध शैलीको सबैले आलोचना गरेका छन् ।

    केन्द्रीय सदस्य सिटौलाले पनि नेपालालाई हिन्दू राष्ट्र बनाउन नहुने आफू निकटका नेताहरुलाई बताउने गरेका छन् । नेपालको अन्तरिम संविधान घोषणा गर्ने बेलाको कार्यदलको सदस्य रहेका नेता सिटौलाले हिन्दू राष्ट्र शब्द हटाएर धर्मनिरपेक्ष शब्द राख्न विशेष भूमिका खेलेको आरोप छ ।

    त्यो कार्यदलमा तत्कालीन नेकपा (एमाले) का नेता सुवासचन्द्र नेम्वाङ, जनमोर्चाका नेता लीलामणि पोखरेल र कांग्रेस नेता सिटौलाले नेपाललाई धर्म निरपेक्ष बनाउन भूमिका खेलेको आरोप छ ।

    नेपाललाई धर्मनिरपेक्ष बनाउने भन्ने शब्द राखेपछि त्यस बेलाको संसदको जेष्ठ सदस्य एवम् सभामुख कुलबहादुर गुरुङ र प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले आश्चर्य व्यक्त गरेका थिए । सिटौलालाई तत्काल बोलाएर गिरिजाप्रसाद कोइरालाले यो के गरेको भनेर सातो लिएका थिए ।

    सिटौला, नेम्वाङ र पोखरेलले पश्चिमा राष्ट्रहरुको इच्छामा नेपाललाई धर्मनिरपेक्ष बनाएको आरोप अहिले पनि लाग्ने गरेको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…