• झापा । झापाको दक्षिणी भेगमा रहेको कचनकवल गाउँपालिका अन्तरगत बनियानी बजार व्यस्थापनका लागि नेपाल सरकारबाट १ करोडबजेट विनियोजन गरिएको छ ।

    झापा क्षेत्र नम्बर ३ का प्रदेश सांसद वसन्त बानियाँको पहलमा एक महिना अघि संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पेश गरिएको बजार व्यवस्थापनको प्रपोजललाई नेपाल संघीय सरकारले पास गरेको हो । उक्त रकमबाट बनियानीको बजार क्षेत्रमा रहेका टहरालाई व्यवस्थित रुपमा निर्माण गरिने र बजार विस्तार गर्दै लैजाने सांसद बानियाँले बताउनु भयो । नेपाल सरकारको कृषि मन्त्रालय अन्तरगत बनियानी बजार दर्ता भएको छ । नेपाल सरकारको रेकर्डमा दर्ता भएका झापाका थोरै बजार मध्ये यो पनि एक हो । सांसद बानियाँले यस क्षेत्रलाई कृषि उपज संकलन केन्द्रको रुपमा समेत अघि बढाएर लैजाने बताउनु भयो ।
    बनियानी बजार झापाको पुर्वि दक्षिणी क्षेत्रकै केन्द्रको रुपमा रहे पनि व्यवस्थित हुन सकेको थिएन । बनियानीमा तिब्र शहरीकरण हुँदा पनि बजार व्यवस्थीत नहुँदा पसलहरु अस्तव्यस्त रुपमा सञ्चालन हुँदै आएका छन् । प्रत्येक हप्ता सोमबार र शुक्रबार हाट बजार लागे पनि हाल तिब्र शहरी करणको कारण बनियानीमा दैनिक बजार जत्तिकै उपभोक्ताको चहलपहल बढ्न थालेको छ । प्राप्त रकमबाट बजारलाई व्यवस्थीत बनाएर शहरीकरणमा बिकाश गरिने प्रदेशसभा सदस्य बानियाँले जानकारी दिनुभयो ।
    सरकारबाट बजेट विनियोजन भएर बजार व्यवस्थित हुने भएपछि स्थानीय पनि हर्षित बनेका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…