बाहुनडाँगी । गणतान्त्रिक नेपालका पहिलो राष्ट्रपति डाक्टर रामवरण यादव गृह जिल्ला धनुषाको जनकपुर आउनु हुने भएको छ ।
नेपाल जेसीजको ४५ औँ राष्ट्रिय महाधिवेशनलाई उद्घाटन गर्न लागि यहि पुष ७ गते शनिवार पूर्व राष्ट्रपति यादव जनकपुर आउने हुनु भएको नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष सिनेटर श्रीधर बस्यालले बताउनु भयो । धनुषाको गाउँमा जन्मिएर नेपालको पहिलो राष्ट्रपति बन्नु भएका यादव जनकपुर आउने कार्यक्रम तय भएको महाधिवेशनका निर्देशक सन्तोष शाहले बताउनु भयो ।
‘महाधिवेशन उद्घाटनका लागि पूर्व राष्ट्रपति यादव आउने हुनु भएको छ’ निर्देशक शाहले भन्नु भयो–‘उहाँ यसै क्षेत्रको व्यक्ति भएकाले पनि हामीलाई थप हौषला भएको छ । नेपालको पहिलो राष्ट्रपतिलाई महाधिवेशनमा निमन्त्रणा गर्न पाउनु हाम्रो सौभाग्य हो । यसले जनकपुरबासी तथा आम जेसीजकर्मीलाई उत्साहित बनाएको छ ।’
डाक्टर यादव साँझ ४ बजे महाधिवेशनको समारोहलाई उद्घाटन गर्नु हुने शाखा अध्यक्ष जितेन्द्र महासेठले बताउनु भयो ।