• ३ पुष २०७५,

    मंगलवार तुलसीपुर: नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन बैद्य ‘किरण’ले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग एकताको लागि छलफल भैरहेको बताएका छन् । नेपालमा सच्चा कम्युनिस्ट पार्टी आवश्यक भएकोले त्यसको निर्माण अभियानमा आफू लागेको नेता बैद्यले बताए ।

    पार्टी एकताका लागि विप्लव, गोपाल किराँती, मोहनविक्रमले नेतृत्व गरेको पार्टीहरुसँग छलफल भइरहेको र छिट्टै निष्कर्षमा पुग्ने उनले दाबी गरेका छन् । ‘कुराकानी भइरहेको छ, टुट्न केही सजिलो भए पनि एकता गर्न केही कठिनाइ हुँदो रहेछ,’ उनले भने, ‘तर एकपटक सच्चा कम्युनिस्टहरु एक हुन्छौँ भनेर लागेका छौँ ।’

    गत बर्ष नेकपा एमाले र नेकपा माओवादी केन्द्रको बीचमा पार्टी एकता भएपछि नेपालको संविधान निर्माण प्रक्रियामा बाहिर रहेका कम्युनिस्ट पार्टीहरुलाई एकता गर्न दबाब बढेको छ । केही समय यता बैद्य, विप्लव र गोपाल किरातीको बीचमा पार्टी एकता गर्ने विषयमा निरन्तर छलफल भईरहेको बताईए पनि ठोस प्रगती हुन सकेको छैन । पार्टी एकता हुन नसके पनि यी तीन पार्टीहरुले विभिन्न बिषयमा कार्यगत एकता गरिरहेका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…