विराटनगर, पुस ३ । विराटनगर लगायतका स्थानमा आज रातीदेखी नै वर्षा जारी छ । बंगालको खाडीमा विकसित भएको सामुद्रिक चक्रवातका कारण नेपालमा यसको प्रभाव देखिएको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । मौसम पुर्वानुमान महाशाखाका अनुसार आज दिउँसो केही ठाउँमा हल्का वर्षा हुने तथा पुर्वी तथा मध्येक्षेत्रका उच्च पहाडि भेगका केही स्थानहरुमा हिमपात हुने छ ।
मौसम पुर्वानुमान महाशाखाले तीन दिनको पुर्वानुमानमा भनेको छ ‘ बंगालको खाडिको दक्षिण–पश्चिमी क्षेत्रमा बनेको चक्रवात ‘फेथाई’ उत्तर-उत्तरपश्चिम दिशातर्फ सरिरहेको र यो कमजोर भई राति डिप डिप्रेशन हुंदै अहिले डिप्रेशन को रुपमा रहेको छ तथा यो अझै कमजोर हुंदै जाने भएकोले यसको प्रभावका कारणले नेपालमा आज देशको पूर्वी र मध्य क्षेत्रमा सामान्य देखि पूर्णतया बदलि भई केहि भुभागहरुमा हल्का बर्षा हुने र उच्च हिमालि भु–भागहरुमा हल्का देखि मध्यम खालको हिमपात हुने संभावना छ। साथै पश्चिमि क्षेत्रहरुमा आंशिक रुपमा बदलि हुने सम्भावना छ।
पुस ३ गते (मंगलवार)
दिउँसो: देशको पुर्वी तथा मध्य भू-भागमा सामान्य देखि पूर्ण बदली रहने तथा पश्चिमी क्षेत्रमा आंशिक बदलि रहने देखिन्छ । देशको पूर्वी तथा मध्य क्षेत्रका केहि स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ । देशको पूर्वी तथा मध्य क्षेत्रको उच्च पहाडी भेगका थोरै स्थानहरुमा हल्का देखि मध्यम खालको हिमपातको सम्भावना रहेको देखिन्छ ।
रातिः देशको पुर्वी तथा मध्य भू-भागमा आंशिक देखि सामान्य बदली रहने तथा बाँकी भू भागहरुमा मौसम सामान्यतया सफा रहने देखिन्छ । देशको पूर्वी क्षेत्रका थोरै स्थानहरुमा तथा मध्य पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ । देशको पूर्वी तथा मध्य क्षेत्रको उच्च पहाडी भेगका थोरै स्थानहरुमा हल्का देखि मध्यम खालको हिमपातको सम्भावना रहेको देखिन्छ ।
पुस ४ गते (बुधवार)
दिउँसो: देशको पुर्वी क्षेत्रमा आंशिक बदलि रहने तथा बाँकी क्षेत्रहरुमा मौसम सफा रहने देखिन्छ । रातिः देशभर सामान्यतया मौसम सफा रहने देखिन्छ |
पुस ५ गते (बिहिवार) दिउँसो: देशभर सामान्यतया मौसम सफा रहने देखिन्छ | रातिः देशभर सामान्यतया मौसम सफा रहने देखिन्छ |