• काठमाडौं, ३ पुस । माइक खोसाखोस र हात हालाहालपछि नेपाली कांग्रेस महासमिति बैठक स्थगित भएको छ ।

    आज बिहान महासमिति बैठक शुरु हुने बितिक्कै सहभागीहरुले विधानको मस्यौदा प्रस्तुत गर्न माग गरेका थिए । महासमिति सदस्यहरुले विधान प्रस्तुत भएपछि मात्रै बैठक चल्ने जिकिर गरेका थिए ।

    तथापि, कांग्रेस सभापति शेरबहादुर देउवाले बैठक शुरु भएको घोषणा गरे । त्यसपछि केही सहभागिहरु मञ्चमा उक्लिएर होहल्ला गर्न थाले ।

    त्यही क्रममा कांग्रेस नुवाकोटका सभापति जगदीशनरसिंह केसी मञ्चमा उक्लिए । उनले माइक समातेर होहल्ला नगर्न आग्रह गर्दैै थिए । त्यही बेला कांग्रेस सहमहामन्त्री डा.रामशरण महत मञ्चमा उक्लिएर माइक खोस्न थाले ।

    केहीबेर डा.महत र केसीबीच माइक खोसाखोस चल्यो । त्यसपछि महासमिति सदस्यहरु मञ्चमै उक्लिए । दुवै पक्षका सदस्यहरुले एक–अर्कालाई हात हालाहाल नै गरे ।

    हात हालाहाल र होहल्ला भएपछि महासमिति बैठक स्थगित गरिएको छ । कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारीहरु बैठकका लागि सिंहदरबारस्थित संसदीय दलको कार्यालय पुगेका छन् । केन्द्रीय कार्यसमितिबाट विधान पारित भएपछि महासमिति बैठक शुरु हुने जनाएको छ ।

    २९ मंसिरदेखि शुरु भएको महासमिति बैठकको आज अन्तिम दिन हो । आज विधान पारित भएपछि बैठक सकिने छ । तर, विधान पारित हुन नसकेमा लम्बिन सक्ने कांग्रेसले जनाएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…