पौष ३ ,पथरी
मोरङको पथरी शनिश्चरे नगरपालीका आर्किटेक इन्जिनियर अरुण क्षेत्री (घिमिरे)ले घरनक्सा पासमा ढिलासुस्ती गरेको खुलासा भएको छ ।
साविक वडा नं. २ हाल पथरी शनिश्चरे वडा नं. ७ लामाटोली निवासी फूलमाया विकले २०७२ साल भदौमा घर नक्सा तयार गर्नका लागि सबै प्रकृया पुरा गरेकी थिइन् ।
घर नक्साका लागि नगरमा ६ हजार र नगरका हालका आर्किटेक इन्जिनियर अरुण क्षेत्री (घिमिरे)लाई ५ हजार समेत दिएको फूलमायाका श्रीमान जीत बहादुरले बताएका छन् ।
हाल सम्म पनि नक्सा नबनेपछि विकले सोमबार नगरपालिकामा निबेदन दिने तयारी गरेका थिए । निवेदन लेख्नका लागि तयारी गरेका बेलामा क्षेत्रिले पौष ५ गते भित्रमा नक्सा तयार गरिदिन्छु निवेदन दिन पर्दैन यदि ५ गते भित्रमा दिन सकिने भने जे–जे गर्न मन छ गर्नुहोस भन्दै विकलाई घर फर्काएको जीत बहादुरले बताएका छन् ।
विकले भने “मेरो पुरानो घर थियो बैँकबाट ऋण खानका लागि नक्सा बनाएर घर कायम गर्न खोजेको थिए । २०७२ सालमा नै नक्सा बनाउन निबेदन दिएको थिए फेरी जग्गामा विवाद छ भनेर बेलबारीबाट अमिन ल्याएर जग्गा नाँपे तर फरक नपाएपछि नक्सा बनाउनका लागि गएको चैतमा फेरी निवेदन दिएको हो ।
नगरमा सुरुमा ६ सय, फेरी ५ हजार, इन्जिनियर क्षेत्रीलाई ६ हजार र बेलबारीमा १२ हजार तिरेको छु तर काम अझै भएन । अस्ती निवेदन दिन नगरमा जादाँ ५ गते सम्ममा नक्सा दिन्छु भनेका छन् के गर्छन थाहा छैन् ।”
सो बिषयमा यता इन्जिनियर क्षेत्रिसग कुरा गर्दा –“क्षेत्रि भन्छन्् मलाई फसाउनका लगि झुटो आरोप लगाईएको हो ।” विगत २ वर्ष अगाडि उहाँले नक्साङ्कनका लागि निजी रुपमा सञ्चालनमा रहेको केन्सल्टेन्सिमा आउनु भएको थियो त्यो समयमा कन्सलटेन्सिको सञ्चालक म आफै भएको नाताले मैले ने नै उहाँको नक्सा बनाएको हँु तर हाल आफु नगरपालिको कर्मचारी भएको नाताले आफैले नक्सा पास गर्न नमिल्ने भएको कारणले अरुनै कन्सल्टेन्सिको सहयोगमा पौष ५ गते नगरपालिका प्रमुख प्रसाशकिय अधिकृत सुर्य प्रदास गौतम आएपछि काम गर्दिने सर्तमा घर पठाएको हुँ ”।
सोहि बिषयमा नगरपालिका प्रमुख दिलिप कुमार राई भन्छन्–इन्जिनियर ले पिडा दिएको भन्दै फुलमाया बिक आउनु भएको हुनाले लिखित निबेदन सहित आउनु भनेको तर उहाँ फेरि नआएको नगर प्रमुख राईले बताउछन् ।