• गायिका रेखा शाह नयाँ गीत लिएर श्रोता/दर्शकमाझ आएकी छिन् | अहिलेका चर्चित संगीतकार एवं गीतकार दीपक शर्माको रचना र संगीतमा रहेको 'सइं तमी कर्नाली पारि छौ, म त वारि चुँड्या छ तुइन' गीतमा सुदूर पश्चिमको जनजीवनको झल्को छ ! सुदूर पश्चिमको जनजीवनको लवज, संस्कृति र जीवन भोगाइको दुखलाई गीतको शब्द र संगीतमा उतारिएको छ | लोक कलेवरको संगीत रहेको गीतका शब्द पनि नेपाली जनजीवन र माटोका छन् | गीतलाई लिएर गायिका शाह निकै उत्साहित छिन् !

    भन्छिन्, "सइं तमी गीतबाट म निकै आशावादी छु | सांगीतिक जीवनको २५ वर्षमा फेरि अर्को कालजयी गीत गाउने मौका पाएँ | सिमसिमे पानीमा गीतजस्तै चर्चित र सबैको प्रिय हुन्छ भन्नेमा म निकै आशावादी छु |" गीतमा संगीत संयोजन गोपाल रसाइलीको रहेको छ | गीतको म्युजिक भिडियो नितिन चन्दको निर्देशनमा बनेको छ | 'सुन साइँली' गीतको म्युजिक भिडियोबाट चर्चित बनेका गौरव पहारी र मेनुका प्रधानले गीतमा अभिनय गरेका छन् | सिमसिमे पानीमा, नजिक छौ तिमी, तिमीलाई केही हुँदै नहोस्, पोखूँ भनेलगायत चर्चित गीत र आधा दर्जन जति गीत एल्वम प्रकाशन गरेकी गायिका शाहले यो गीतको म्युजिक भिडियो आफ्नै युट्युव च्यानलबाट सार्वजनिक गरेकी हुन् |

    https://www.youtube.com/watch?v=yC21o9ckF4c&feature=share&fbclid=IwAR20Mpen46Ahcfv5DerwhQkHWRsyu22y7ewBC-vpvJeYJeUV77qNXqSz0tc

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…