• काठमाडौँ — कांग्रेसमा ८ सदस्यीय पदाधिकारी राख्ने गरी मंगलबार नेताहरुबीच सहमति जुटेको छ । जसमा एक सभापति, २/२ जना उपसभापति, महामन्त्र, सहमहामन्त्री र एक जना कोषाध्यक्ष रहनेछन् ।


    कोषाध्यक्ष बाहेक सबै पदाधिकारी अब महाधिवेशनबाटै निर्वाचित हुने केन्द्रीय सदस्य अर्जुननर सिंह केसीले जानकारी दिए । यसअघि उपसभापति, १ महामन्त्री र सह-महामन्त्री सभापतिबाट मनोनयन गर्ने व्यवस्था थियो ।

    कोषाध्यक्ष निर्वाचित हुने प्रावधान थियो । अब कोषाध्यक्ष भने सभापतिको प्रस्तावमा निर्वाचित केन्द्रीय कार्यसमितिबाट अनुमोदन हुने नयाँ प्रावधान राखिएको छ । सबै पदाधिकारी निर्वाचन गर्ने कि नगर्ने भन्नेमा नेताहरुबीच लामो समय विवाद चल्दै आएको थियो ।

    जुन विवादका कारण महासमिति बैठक सुरु भएको चौधो दिनसम्म पनि विधानको मस्यौदा प्रस्तुत हुन सकेको थिएन।

    नेताहरुबीच एको सहमति केन्द्रीय कार्यसमितिको बैठक बोलाएर अनुमोदन गर्ने तयारी छ । केन्द्रीय कार्यसमितिले अनुमोदन गरेपछि मंगलबारको महासमिति बैठकमा विधान मस्यौदा प्रस्तुत गरिने छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…