बाहुनडाँगी । रामनगर जेसीज वर्ष २०१८ ले सुनवलस्थित जगन्नाथ माविमा रामनगर जेसीज अक्षयकोष स्थापना गरिएको छ । रामनगर जेसीज वर्ष २०१८ का अध्यक्ष भोजराज चापागाईका पिता डन्डापानी चापागाईको स्मृतिमा ११ हजार १ सय ११ रुपैयाँ बराबरको रामनगर जेसीज अक्षयकोषको स्थापना गरिएको को । उक्त अक्षयकोषबाट माध्यमिक तहको परीक्षामा उच्च जीपीए ल्याउने विद्यार्थीलाई पुरस्कृत गरिने रामनगर जेसीजका अध्यक्ष भोजराज चापागाईले बताउनु भयो । मंगलवार विद्यालयको बार्षिकोत्सवको अवसर पारेर उक्त रकम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर श्रेत्री तथा प्रधानाध्यापक ऋषीराम भण्डारीलाई हस्तान्तरण गरिएको थियो । यसैगरी, गत वर्ष एसइइ परीक्षमा उत्कृष्ट हुने अमन न्यौपानेलाई उक्त अक्षयकोषबाट नगद १ हजारसहित पुरस्कृत गरिएको थियो । अध्यक्ष चापागाईका अनुसार यो अक्षयकोषको रकम हरेक वर्ष थप गर्दै लगिनेछ ।