• बाहुनडाँगी । वीरता जेसीज सन् २०१९ का लागि अध्यक्ष पदमा विशाल थापा निर्विरोध निर्वाचित भएका छन् ।
    आइतबार शुरु भएको वीरता जेसीजको ३८औं साधारण तथा अधिवेशन सोमबार राति नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको हो । त्यस्तै कार्यकारिणी उपाध्यक्षमा जीवनकुमार खड्का र दिवाकललाल चौधरी, सहसचिवमा सञ्जिव घिमिरे चयन भएका छन् । उपाध्यक्षहरुमा टहलदास ओली, लोकचन्द्र श्रेष्ठ, पुकार बराल र मनोज साह चयन भएका छन् । जनसम्पर्क अधिकारीका युवराज कुँवर, प्रकरण निर्देशकमा अशोक चौधरी र तालिम संयोजकमा अमरजीत साह चयन भएका छन् । निर्वाचन अधिकृत निवर्तमान अध्यक्ष सञ्जु भारतीले सबै पदमा निर्विरोध नेतृत्व चयन भएको घोषणा गरेका थिए । घोषणा कार्यक्रममा वीरता जेसीज सन् २०१८ का अध्यक्ष एकराज गिरी, पूर्व अध्यक्ष तथा जेसीज पूर्व अध्यक्ष समाज झापाका अध्यक्ष विनोद बस्नेत, वीरता लेडी जेसीजकी संस्थापक अध्यक्ष शारदा रिजाल लगायतले शुभकामना व्यक्त गरेका थिए ।
    समितिको कानूनी सल्लाहकार, महासचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष लगायतका पदमा अध्यक्षले पदहस्तान्तरण समारोहमा मनोनयन गर्ने व्यवस्था रहेका अध्यक्ष गिरीले बताए ।
    यसैगरी, हेटौंडा लेडि जेसिजको २१ औ बार्षिक साधारणसभा बाट बर्ष २०१९ को लागि अध्यक्षमा शुष्मा खरेल चयन भएकी छिन् । शाखाको कार्यकारिणी उपाध्यक्ष सुशिला पौडेल, प्रतिमा श्रेष्ठ र उपाध्यक्षमा सृष्टि गोर्खाली , देबि लामा ,सुमित्रा श्रेष्ठ , जुनु उप्रेती निर्बिरोध चयन भएका शाखा अध्यक्ष अस्मिता श्रेष्ठले बताइन् ।







सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…