• मंसिर ४, पथरी
    मोरङको कानेपोखरी गाँउपालिका वडा नम्वर ३ मा बुधवार कम्वल वितरण गरिएको छ ।
    न्यानो कम्वल वितरण कार्यक्रम अभियान अन्र्तगत आयोजना गरिएको सो कार्यक्रममा आर्थीक रुपमा गरिब तथा अति विपन्न्न परिवारका सदस्यहरुलाई न्यायो माया प्रदान गर्ने उद्देश्यका साथमा वडा नम्वर ३ र २ का १६० घरपरिवारलाई कम्वल वितरण गरिएको हो ।
    पालिकाको वडा नम्वर ३ मा रहेको काली मन्दिरको प्राङणमा आयोजना गरिएको सो कार्यक्रममा वडा नम्वर ३ का १३० घरपरिवार र वडा नम्वर २ का ३० घरपरिवारलाई ८८ हजार मुल्य वरावरको १६० थान कम्वल वितरण गरिएको कार्यक्रम संयोजक विवेक लिम्वुले बताएका छन् ।


    लिम्वुको संयोजकत्वमा न्यानो कम्वल वितरण अभियानको थालनी गत कात्र्तिकमा केहि सुभचिन्तक हरुको सहयोगमा ४५ हजार रुपैयाको कोष वनाएर अभियानको थालनी गरे यता सो कोषमा देश तथा विदेशमा रहेका नेपाली हरुको सहयोगमा १ लाख ४२ हजार रुपैया बरावरको कोष खडा गरि आज सो कार्यक्रमको आयोजना का न्यानो कम्वल वितरण कार्यक्रमको आयोजना गरिएको वितरण कार्यक्रमका संयोजक समेत रहेका लिम्वुले वताएका छन् ।
    आज(बुधवार) नै २५० थान कम्वल वितरण गरिने पनि लिम्वुले वताएका छन् । बाकी रहेको ९० थान कम्वल वडा नम्वर ४,५,६ र ७ का अति गरिव तथा सिमान्तकृत वर्गका समुदायको पहिचान गरि वितरण गरिने कार्यक्रम समेत रहेको उनले बताएका छन् ।
    विशेष गरि वडा नम्वर ४ मा रहेका गरिव तथा सिमान्तकृत वर्गका समुदायको पहिचान गरि घर–घरमै गएर उनिहरुलाई कम्वल वितरण गरिने कार्यक्रम समेत रहेको बताईएको छ ।


    न्यानो कम्वल वितरण कार्यक्रममा मोरङ जिल्ला प्रमुख रमेश केसी,वडा नम्वर ३ का वडा अध्यक्ष किर्तिमान मादेन ,मोरङ प्रहरीका एस.पि मनोज केसी,ईलाका प्रहरी कार्यालय पथरीका प्रमुख कमल बजगाई,स्थानिय राजनैतिक दलका प्रमुखहरु, समाजसेवि लगाएतको उपस्थिति रहेको थियो ।


    कार्यक्रमका प्रमुख अथिति मोरङ जिल्ला प्रमुख केसीले समाज,समुदाय स्तरको अमनचयन,शान्ति र प्रगतिको लागी यस्ता प्रकारका सहयोगले सकारात्मक असर पार्ने भएको हुनाले यस्ता कार्यहरु समय अनुसार समुदाय अग्रसर भएर अगाडि वढाउन सके समुदायमा शन्ति बाहाली गर्न सहयोग पुग्ने भएकाले यस्ता कार्यहरु समय–समयमा भईरहुन पर्ने बताएका छन् ।
    त्यस्तै गरि न्यानो कम्वल वितरण अभियान कार्यक्रमको सम्वोधन गर्दै वडा नम्वर ३ का वडा अध्यक्ष मादेनले न्यानो कम्वल वितरण कार्यक्रम एकदमै समय सापेक्ष आयोजना भएकाले वडाले पनि यस्ता सकरात्मक सन्देस वोकेका कार्यहरुमा सदा हातेमाले गर्दै अगाडि वढ्दै जाने प्रतिबद्घता जाहेर गरेका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…