बाहुनडाँगी । डडेल्धुरा जेसीज वर्ष २०१९ को अध्यक्षमा गणेशमान भट्ट निर्वाचित भएका छन् । बुधवार सम्पन्न शाखाको अधिवेशनले भट्टलाई सर्वसम्वत चयन गरेको हो । शाखाको कानुनी सल्लाहकारमा रमेश जोगी, कार्यकारी उपाध्यक्षमा बरुण पनेरु र शिवराम पाठक, महासचिवमा हिक्मत सिंह, कोषाध्यक्षमा किरण थापा, सचिवमा मोहन देउजा, उपाध्यक्षहरुमा लक्ष्मी ऐर, लक्ष्मी गुरुङ, तिलक दाहाल, कल्पना भट्ट र अध्यक्ष सल्लाहकारमा विमल बोहोर सर्वसम्वत निर्वाचित भएका वर्ष २०१८ का अध्यक्ष उत्तर विष्टले बताउनु भयो ।
यसैगरी, झापाको चारआली जेसीज वर्ष २०१९ का लागि उत्तमप्रसाद पकुवाल निर्विरोध निर्वाचित भएका छन् ।
बुधबार सम्पन्न छैठौँ साधारण सभाबाट पकुवाल अध्यक्षमा निर्र्वािचत भएका हुन् । यसअघि उनी कानूनी सल्लाहकार थिए । स्वास्थ्य क्षेत्रमा क्रियाशील उनले चारआली जेसीजको विभिन्न पदमा रहेर जिम्मेवारी सम्हाल्दै आएका हुन् ।
चारआली जेसीजको कार्यकारिणी उपाध्यक्षमा सङ्गीत शिवाकोटी र पुष्कर गुरागाई, उपाध्यक्षमा मौसम खरेल, सुजुप सुवेदी, सन्देश तिम्सिना र प्रविण पौडेल निर्विरोध निर्वाचित भएका छन् ।
जेसीजको अन्य पदहरु महासचिव, कानूनी सल्लाहकार पछि मनोनित गरिने शाखा अध्यक्ष रोहित दाहालले बताउनु भयो ।