• शिवसताक्षी, पुस ४ । झापाको माईधार स्थीत मेचि ईंलिस वोर्डिङ्ग स्कुलले शिवसताक्षी नगर स्तरीय संस्थागत विद्यालयको नृत्य तथा गायन प्रतियोगिताको सर्वाधिक उपाधि हात पार्न सफल भएको छ ।
    वुधबार झिलझिले स्थीत पशुपति इंलिस वोर्डिङ्ग स्कुलमा भएको सो प्रतियोतितामा मेचिले नृत्य विधामा जुनियर सव जुनियर र सिनियर तहको तिनै तहमा प्रथम स्थान हासिल गरेर ट्रफि हात पारेको हो । यस्तै गायन विधामा पनि जुनियर तर्फको प्रतियोगितामा दोश्रो स्थान र गायनकै सिनियर विधामा मेचिले तेश्रो स्थान हात पारेको सो विद्यालयका प्रिन्सीपल भिम भट्टराईले जानकारी दिए । उनले भने, ‘अतिरिक्त क्रियाकलाप अन्र्ततगत विद्यालयले हाल सम्म सवै भन्दा ठुलो उपलव्धी गरेको यो पहिलो हो ।’


    प्याव्सन झापाको शिवसताक्षी नगर साखाले पहिलो पटक आयोजना गरेको नृत्य तथा गायन प्रतियोगितामा जुनियर नृत्य तर्फ माईधारको रेडरोज ईंलिस वोर्डिङ्ग स्कुल द्धितिय र दुधेको क्याव्रिज ईलिस वोर्डिङ्ग स्कुलले तृतिय उपाधि हात पारे । यस्तै सोहि विधाको सव सिनियर तर्फ डुडामारीको निम्वस ईलिस वोडिङ्ग स्कुल द्धितिय र माईधारको रेडरोज ईलिस वोर्डिङ्ग स्कुलले तृतिय स्थान हात पारे ।
    यता, गायन तर्फ झिलझिलेको पशुपति अंग्रजी माध्यमिक विद्यालयले पहिलो स्थान हात पार्यो भने मेचिले दोश्रो स्थान हात पार्यो । व्याँङ्गडाडाको चेतना माविले सो विधामा तेश्रो स्थान हात पारेको आयोजक समितिले जनाएको छ । यता सोहि विधाको सिनियर गायन तर्फ झिलझिलेको पुशुपति पहिलो, व्याँङ्गडाको चेतना दोश्रो र माईधारको मेचि तेश्रो भएको आयोजक समितिले जनाएको छ । शिवसताक्षी नगरवाट छनौट भएका प्रतियोगि विद्यालयलाई पुस २४ गते हुने प्यावसन झापाको जिल्ला स्तरीय प्रतियोगितामा सहभागी गराईने शिवसताक्षी नगर प्याव्सन ले जनाएको छ ।
    प्रतियोगितामा विजेता सवैलाई मेडल, ट्रफि र प्रमाणपत्र प्रदान गरिएको छ । प्रतियोगितामा विजयी सवैलाई शिवसताक्षी नगरका मेयर चन्द्रकुमार सेर्माले पुरस्कार प्रदान गरेका थिए । शिवसताक्षी नगर प्याव्सन का अध्यक्ष अमृत तिम्सीनाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव डिगम पराजुलीले गरेका थिए ।
    शिवसताक्षी नगरमा २६ वटा संस्थागत विद्यालय छन । ति मध्ये २० वटा विद्यालयले प्रतियोगितामा सहभागीता जनाएको क्याम्व्रीज ईलिस वोर्डिङ्ग स्कुलका संस्थापक प्रिन्सीपल राम सुहाङ्गले जानकारी दिएका छन ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…