• मंसिर ५,पथरी । मोरङको पथरीशनिश्चरे नगरका ३१ जना ज्येष्ठ नागरिकलाई ख्रीष्टमस शुभकामनाका अवसरमा आज न्यानो कपडा (ज्याकेट) सहितले सम्मानित गरिएको छ ।
    पूर्वीमोरङ इसाई समाजको आयोजना समपन्न कार्यक्रममा इसाई समाज र गैह्रइसाई समाजका गरि नगरका ३१ जना ज्येष्ठ नगरिकलाई ४३ हजार ४ सय मुल्य बरावरको ३१ थान न्यानो कपडा (ज्याकेट) का साथमा नगद, र सम्मान पत्रले सम्मान गरिएको कार्यक्रमका संयोजक सुमन कुरुङवाङले जानकारी दिए ।
    कार्यक्रम स्थलमा २५ जना ज्येष्ठ नगरिकलाई कार्यक्रमका प्रमुख अथिति नगर प्रमुख दिलिप कुमार राईले सम्मान गरेको थिए भने अन्य ६ जना ज्येष्ठ नागरिकलाई घर–घरमा नै गएर सोहि बरावरको सम्मान गरिएको कुरुङवाङले बताए ।
    कार्यक्रमका प्रमुख अतिथि राईले ज्येष्ठ नागरिक समाजका आधार स्तम्भ भएको बताउदै उहाँहरुको सम्मानका लागी आयोजना गरिएको कार्यक्रमको महत्वपुर्ण भएको वताउदै, स्थानिय सरकारले पनि ज्येष्ठ नागरिकलाई बिशेष सम्मान स्वरुप नगरपालिकाले ७० बर्ष माथिका नागरिकलाई एम्बुलेन्स चाहिएमा एक आर्थिक बर्षमा एकपटक नि शुल्क ऊपलब्ध गराउदै आएको र ८० बर्ष माथिका ज्येष्ठ नागरिकका लागी हरेक आर्थिक बर्षको दुई महिनामा एकपटक स्वास्थ्य परिक्षणका लागि स्वास्थ्य चौकिबाट डाक्टर घरमै खटार स्वाथ्य उपचार गर्दै आएको जानकारी समेत गराउनुका साथै सो सेवा लिन नगरवासीलाई आव्हान गरेका छन् ।


    सोहि अवसरमा स्थानिय पथरी बजारमा सञ्चालनमा रहेको पथरी हस्पीटल प्रालिका सञ्चालक ईश्वरी सापकोटाले ज्येष्ठ नागरिको उपचारमा हस्पीटलको तर्फवाट उपचारमा ५० प्रतिशत र औषधीमा १० प्रतिशत छुटको समेत व्यावस्था गरेको सञ्चालक सापकोटाले जानकारी गराएका छन् ।
    कार्यक्रममा स्थानिय वडाका जनप्रतिनिध , समाजसेवी,राजनैतिक दलका अग्रज नेता तथा कार्यकर्ता,बुद्घिजिवी हरुको सहभागिता रहेको थियो भने साथमा पास्टर आयान राई, राजकुमार राई, रविन खड्का सहितले मन्तव्य व्यक्त गर्दै ज्येष्ठहरुलाई सवैले सधैं सम्मान गर्नुपर्नेमा जोड दिएका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…