• काँकरभिट्टा । बुधवार विहान साढे ९ बजेबाट बेपत्ता भएका नेकपाका नेता दीपक भण्डारी अहिलेसम्म सम्र्कमा आउन सकेका छैनन् । घरबाट बिहान केही नभनी निस्केका नेकपा एमालेका पूर्व नगर अध्यक्ष समेत रहेका भण्डारी कहाँ गए भन्ने कुनै पत्ता लागेको छैन । बुधवार बिहानदेखि सम्पर्कबिहीन भएको सूचना पाएपछि प्रहरीले चारैतिर खोजी तीब्र पारेको थियो । बिहिवार काँकडभिट्टा नाका हुँदै भारततिर गएको प्रहरीले जनाएको छ ।
    भण्डारी सीमावर्ती क्षेत्रको सीसी क्यामेराको भिडियो र केही स्थानीयसँगको भेटका आधारमा भण्डारी भारततिर गएको देखिएको प्रहरीको स्रोतले जनाएको छ । त्यसपछि भारतमा भएका आफन्त र जान सक्ने स्थानहरुमा खोजी कार्यलाई तीब्र बनाइएको प्रहरीले बताएको छ ।
    भण्डारी मेचीनगर–१० स्थित आफ्नै घर नजिकबाट बुधबार बिहान साढे ९ बजेदेखि सम्पर्क्विहीन भएका थिए । नेता भण्डारीले आफ्नोे मोटरसाइकल र दुई थान मोबाइल घरमै छाडेर गएका छन् ।
    उनी सम्पर्कबिहिन बनेपछि उनको विषयलाई लिएर मेचीनगरका विभिन्न राजनीतिक दलका नेता, स्थानीय, छरछिमेक, सञ्चारकर्मी, व्यवसायीहरु उनको घरमा बाक्लो रुपमा सहभागि भएर परिवारलाई सान्तवना दिइरहेका छन् । उनी सम्पर्कबिहिन भएसँगै मेचीनगरबासी चिन्तित र त्रासमा छन् ।


सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…