बाहुनडाँगी । सरल, स्वभाव, शालिन व्यक्तित्व अनि स्पष्ट वक्ता उनको सामान्य परिचय हो यो । बोलीमा मुस्कानको पर्याय रहेका उनी जोसँग पनि सरल रुपमा प्रस्तुत हुने गर्छन् । नेपाल जेसीजको यात्रामा अनरवत क्रियाशिल कपिलबस्तुका रमेशचन्द्र भुषाल जेसीजबृतमा अपरिचित व्यक्ति होइनन् । पेशाले अंग्रेजी विषयका प्रध्यापक भूषाल कपिलवस्तु जेसीजका वर्ष २०१६ का शाखा अध्यक्ष हुन् । उनी जनकपुरमा शनिवारबाट हुने महाधिवेशनका लागि नेपाल जेसीजको राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष पदका प्रत्यासी हुन् । जेसीजलाई नजिकबाट नियालेका भूषाल सन २००८ बाट कपिलवस्तु जेसीसमा आबद्ध भएका थिए । ८ वर्षको अन्तरालमा विभिन्न जिम्मेवारी बहन गरेका भूषालले सन २०१६ मा कपिलवस्तु जेसिसको शाखा अध्यक्ष हुने अवसर प्राप्त गरेका थिए । सोही साल आफ्नो शाखामा क्षेत्रीय सम्मेलन गर्ने मौका प्राप्त गरेका थिए उनले । सन २०१६ लाई सफल पार्नका लागि कपिलवस्तु जेसीजको आथित्यतामा क्षेत्र घ सम्मेलन गर्ने अवसर पहिलो पटक प्राप्त समेत भएको थियो । शाखामा आबद्ध युवाहरुलाई जेसीजप्रति उत्प्रेरित गर्दै युवाको व्यक्त्त्वि र नेतृत्व विकासका लागि भूषालको भूमिकाको जति चर्चा गरे पनि कमै हुन्छ ।
२०१९ का लागि राष्ट्रिय कार्यकारीणी पदमा उम्मेदवारी दिएका भुषाल गत वर्ष भैरहवामा सम्पन्न महाधिवेशनमा केही मतको अन्तरले पराजित भएका थिए । साथै २०१७ का लागि धापसीमा भएको महाधिवेशनमा राष्ट्रिय उपाध्यक्षमा उपविजेता बनेका थिए तर, उपविजेता भएर पनि जेसीजप्रतिको साथ सहयोग र सहकार्यमा उनको कुनै नैराश्यता आउन पाएन । अरु समय जसरी क्रियाशिल रहन्थे भूषाल वर्ष २०१८ भरी उत्तिकै सक्रिय रहे ।
‘मेरो लागि जेसीज एउटा नथाक्ने यात्रा हो’ राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष पदका उम्मेदवार भूषालले भने–‘२००८ देखि अहिले सम्म निरन्तर छु र मलाई यो अभियानमा धेरै लगाव छ अनि माया र सदभाव पनि त्यति नै ।’
कुरामा हैन काममा विश्वास गर्ने भूषालले नेपाल जेसीजको राष्ट्रिय कार्यकारीणी पदमा उम्मेदवारी दिनुको लक्ष्यलाई स्पष्ट पार्दै भने–‘नेपाल जेसीजमा युवाहरुलाई उद्यमशीलतामा उत्प्रेरित गराउँदै देशरभरका शाखाहरुसँग सहकार्य गर्दै शाखालाई प्रभाव पर्ने र त्यसले समाजलाई सकारात्मक सन्देश दिने कार्यक्रमहरु अघि सार्नेछु । नेपाल जेसीजमा देखिएका समस्याहरुलाई मुख्य रुपमा लिइ समस्या समाधानका लागि सधैँ मेरो भूमिकालाई क्रियाशिल बनाउने छु । विशेष गरेर युवामैत्री जेसीज बनाउन मेरो विशेष पहल हुनेछ ।’
जेसीज अभियान्ताका रुपमा चिनिएका भुषालले राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष पदमा विजयी गराउन सबै जेसीज मनहरुसँग आग्रह गरे ।
खन्त्यमा उनले भने–‘मैले धेरै साथी कमाए त्यसैले एक शाखा एक तालिम, एक उद्यमशिलता मेरो अभियान हो । उनले पूर्वको बाहुनडाँगीदेखि पश्चिमको महाकाली र अछामसम्मका सबै युवाहरुलाई र सदस्यहरुलाई जेसीजको मुल धारमा छो्ड्ने प्रतिबद्धता समेत जाहेर गरेका छन् ।