• देबु बानियाँ

    बाहुनडाँगी । नेपाल जेसीजको इतिहासमा सबै भन्दा कान्छो संस्थापक अध्यक्षको रेकर्ड बनाउने व्यक्ति हुन् सिनेटर विजय गुरुङ । रुपन्देही जिल्लाको देवदह नगरपालिका क्षेत्रका युवाहरुलाई समेटेर देवदह जेसीजको स्थापना गरेका सिनेटर गुरुङ यस शाखाका संस्थापक अध्यक्ष हुन । सानै उमेरदेखि सामाजिक भावना तथा समाजप्रति केही गर्नु पर्छ भन्ने सोच बोकेका गुरुङ २१ वर्षको उमेरमा जेसीजको अध्यक्ष बनेका थिए । उनी संस्थापक अध्यक्षका कान्छा उमेरका संस्थापक अध्यक्ष हुन् ।

    सिनेटर विजय गुरुङको जेसीज यात्राको भिडियो हेर्नुहोस् ।

    https://www.youtube.com/watch?v=cYMzCJlPHVc&feature=youtu.be

    सानै उमेरदेखि समाजसेवाको क्षेत्रमा रुची राख्ने उनी युवा अवस्थामा आइपुग्दा अझ परिपक्क बन्दै गयो । आफ्नो कार्यकालमा बाढीपीडित, आगलागी, रगत अभाव भएको क्षेत्र जस्ता मानवीय सम्बेदना बोकेका क्षेत्रमा सधैँ क्रियाशिल रहे गुरुङ ।
    नेपाल जेसीज वर्ष २०१८ को राष्ट्रिय उपाध्यक्ष गुरुङ क्षेत्र घ का निरुपित उपाध्यक्ष हुन् । गत वर्ष भैरहवामा सम्पन्न ४४ औँ राष्ट्रिय महाधिवेशनमा अत्याधिक मतले राष्ट्रिय  उपाध्यक्ष बनेका सिनेटर गुरुङले एक वर्षभरी आफुले पाएको निरुपित शाखाहरुमा एक पटक होइन पटक पटक पुगे । शाखाहरुमा विभिन्न कार्यक्रम तथा तालिम लिएर उनी पुग्ने गरेका छन् ।
    नेपाल जेसीजमा एउटा उदाउँदो ताराका रुपमा आउँदै गरेका २४ वर्षिय गुरुङ २०१८ भरी जेसीज अभियानलाई सफल बनाउन देृशका विभिन्न क्षेत्रमा दौडिरहे । उनी सबै एरिया कन्फ्रेन्स तथा एरिया डि मा सञ्चालन भएका तालिमहरुम सक्रिय सहभागि भए । उनले आफु पदमा रहेर होस या नरहेर होस आफ्नो क्षमताले भ्याएसम्म जेसीज अभियानमा निरन्तर लाग्ने बताए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…