• काठमाडौं । विधान मस्यौदामा सहमति जुटाउन नेपाली कांग्रेसका पदाधिकारी शुक्रबार पनि छलफलमा जुटेका छन्। केन्द्रीय कार्यालय सानेपामा अहिले बसिरहेको पदाधिकारीको अनौपचारिक बैठकमा विवाद समाधानको पहल भइरहेको नेतृ पुष्पा भुसालले जानकारी दिइन्।

    बिहीबार दिनभर यो विषयमा सहमति जुटाउन भन्दै शीर्ष नेता तथा पदाधिकारीबीच छलफल भए पनि सहमति जुट्न नसक्दा महासमितिको बैठक समेत बस्न सकेन। गत मंगलबार राति पदाधिकारी र पूर्व पदाधिकारीबीच भएको सहमति केन्द्रीय समितिबाट पारित हुन नसकेपछि महासमिति बैठक लम्बिएको हो।

    पदाधिकारी बैठकले आठ पदाधिकारीसहित १६१ सदस्यीय केन्द्रीय कार्यसमिति बनाउने सहमति गरेको थियो। सभापति शेरबहादुर देउवा सहमतिबाट पछि हटेपछि कांग्रेसमा पदाधिकारी संख्या र निर्वाचन पद्धतिको विवाद चर्किएको हो। देउवाले बिहीबार एक उपसभापति र एक महामन्त्री मनानयन गर्नुपर्ने प्रस्ताव गरेपछि विवाद झन् चर्किएको हो।

    विधान मस्यौदामा सहमति नभएपछि महासमितिको बैठक दुई तीन दिन लम्बिइसकेको छ। अझै सहमति हुने सम्भावना नभएकाले महासमिति बैठक अन्योेलमा परेको छ। तीन चार दिनका लागि भनेर मंसिर २८ गतेनै काठमाडौं आएका महासमिति सदस्यहरु बैठक अन्योलमा परेपछि घर फर्कन सुरु गरेका छन्।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…