• काठमाडौँ । नेपाली काँग्रेसको महासमितिको बैठक गत मंसिर २९ गतेदेखि चलिरहेको छ ।

    पार्टी पदाधिकारी र निर्वाचन पद्धतिबारे लामो समयदेखिको विवाद टुङ्गो लागेको छ । विधान मस्यौदा ल्याउन ढिलाई हुँदा महासमिति बैठक तनावपूर्ण बनेको थियो ।

    विधान मस्यौदा पेस नभएको भन्दै काँग्रेसका जिल्ला सभापतिहरुले गत पुस ३ गतेको बैठक अवरुद्ध पारेका थिए । सभापति शेरबहादुर देउवाले बैठक शुरु गर्नासाथ जिल्ला सभापतिहरुले होहल्ला गरे । होहल्लाका बीच नै देउवाले बैठक स्थगित गरे ।

    बैठक स्थगतपछि नुवाकोट काँग्रेसका जिल्ला सभापति जगदीशनरसिंह के.सी.ले बोल्न खोज्दा सहमहामन्त्री प्रकाशशरण महतले माइक खोसे । खोसाखोसमा माइक फुट्यो र बैठक हल तनावपूर्ण बन्न पुगेको थियो ।

    नुवाकोटा काँग्रेसमा के.सी. र महत परिवारबीच पानी बाराबारको अवस्था रहँदै आएको जानकारहरुले बताएका छन् । के.सी. र महतको राजनीति जिल्लामा एकले अर्कोलाई सिध्याउनेमा केन्द्रित रहेको बताइन्छ । पछिल्लो समय महत देउवा गुटको आशीर्वादबाट केन्द्रीय राजनीतिमा छन् ।

    काँग्रेसको राजनीति गरेका महतले महासमिति बैठकको हलमा के.सी.को माइक खोस्न उद्यत हुनुलाई दादागिरिको संज्ञा दिएको छ ।

    नेताहरुको व्यवहार नै अशाभनीय रहे पछि काँग्रेस कसरी सुध्रेला भन्दै महासमिति सदस्यहरु मुखामुख गरिरहेका थिए । नयाँ विर्मशमा उल्लेख छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…