• विराटनगर । नेपाल पत्रकार महासंघले १८ बुँदे विराटनगर घोषणापत्र सार्वजनिक गर्दै राष्ट्रिय सम्मेलन सम्पन्न गरेको छ । महासंघको केन्द्रीय समितिको आयोजना, प्रदेश नं. १ को संयोजन र मोरङ शाखाको आतिथ्यतामा बिहीबार भएको राष्ट्रिय सम्मेलनले नेपालको संविधान २०७२ मा उल्लेख प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पूर्ण प्रत्याभूति र नेपाल पक्ष राष्ट्र भएका व्यवस्था अनुसार कानुन निर्माण गर्न तीनै तहका सरकारसँग माग गर्दै प्रेस स्वतन्त्रता संकुचित पार्ने कुनै पनि किसिमका नीति, ऐन, कानुन र नियमावली नबनाउन र निर्देशिका जारी नगर्न यो राष्ट्रिय सम्मेलन जोडदार माग गरेको छ ।

    महासंघले प्रेस स्वतन्त्रता, सूचनाको हक एवम् नागरिक अभिव्यक्ति स्वतन्त्रता सुरक्षित र सुनिश्चित गर्न पनि माग गरेको छ । त्यस्तै फौजदारी मूलुकी संहिता ऐन र देवानी मूलुकी संहिता ऐन २०७४ मा प्रेसमाथि अंकुश लगाउने केही प्रावधान रहेकोमा संविधानसँग बाझिएका ती प्रेस स्वतन्त्रता बिरोधी सम्पूर्ण प्रावधान खारेज गर्न माग गरेको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…