देबु बानियाँ
बाहुनडाँगी । जनकपुर यतिबेला मंसिरमा अन्माउन लागेको बेहुली झैँ सिगारिएको छ । शनिवारबाट सुरु हुने नेपाल जेसीजको ४५ औँ राष्ट्रिय महाधिवेशनको पूर्व सन्ध्यामा आइपुग्दा जनकपुरको रुप नै फेरिएको छ । अझ महाधिवेशन स्थल सोचे भन्न्दा उत्कृष्ट रुपमा झकिझकाउ बनेको छ । महाधिवेशनको मुख्य आकर्षकका रुपमा महाधिवेशन हलको मुल गेटमा निर्माण गरिएको माता जानकीको मन्दिर रहेको छ । कलकताबाट झिकाएर उक्त मन्दिर निर्माण गरिएको महाधिवेशन निर्देशक सन्तोष शाहले बताउनु भयो । विभिन्न स्थानमा निर्माण गरिएका स्वागत गेट, महाधिवेशन वरपर सजाइएका विभिन्न सामाग्री तथा रातको समयमा हेलोजिनलाइटले यहाँको रौनकता नै फरक बनाइदिएको छ । धेरैको मनमा उठेको एउटै जिज्ञासा भनेको जनकपुर महाधिवेशन कस्तो हुन्छ भन्ने थियो । तर, अहिलेसम्मको अवस्थामा आउँदा र सरसरती हेर्ने हो भने यो महाधिवेशन उत्कृष्ट र एतिहासिक बन्ने छ । आथित्यता शाखालाई अबको मुख्य चुनौती भनको बसाई व्यवस्थापन र खानाको रहने छ । यसमा पनि २ महिना अघिबाट निरन्तर रुपमा गरिएको रजिष्ट्रेशन थप सहयोग पुगेको देखिन्छ । २ हजार भन्दा धेरै व्यक्तिहरु अटाउने क्षमता भएको हलको सजावट र त्यस बाहिरको सजिसझाउले यहाँ आइपुग्ने जो कोहीलाई पनि मोहित बनाउने छ । महाधिवेशनमा सहभागि हुने जेसीजहरुका लागि जनकपुर मन्दिर पुगीरहनु पर्ने अवस्थाको समेत हल भएको देखिनछ । किनकी सिंगो जनकपुर मन्दिर नै यहाँ निर्माण गरिएको छ ।
‘हामो एउटै लक्ष्य भनेको नै महाधिवेशनलाई उत्कृष्ट बनाउने हो’ उप निर्देशक मनिष रमन शाहले भन्नु भयो–‘अहिलेसम्म आइपुग्दा राम्रो भइरहेको छ अबको ४ दिनको कस्तो हुने हो त्यो सहभागिमा भर पर्नेछ ।’
शाखा अध्यक्ष जितेन्द्र महासेठले सबै कामहरु पुरा भएको बताउनु भयो । नेपालका पहिलो राष्ट्रपति रामवरण यादवले भोलि ४ बजे उद्घाटन गर्ने महाधिवेशनमा सहभागि हुन देशभरबाट आउने क्रम समेत सुरु भएको छ । जनकपुर महाधिवेशनलाई अहिलेसम्मकै उत्कृष्ट महाधिवेशन बनाउने तयारीमा जुटेको आथित्यता शाखा जनकपुर जेसीजका निवर्तमान अध्यक्ष सुदिप कोइरालाले बताउनु भयो ।४ दिनसम्म चल्ने महाधिवेशनले वर्ष २०१९ का लागि नयाँ नेतृत्व समेत चयन गर्नेछ । जसमा अध्यक्षमा दुई जना, कार्यकारीणी उपाध्यक्षमा ९ जना र उपाध्यक्षमा २३ जनाको उम्मेदवारी परेको छ । अध्यक्षमा दर्विलो उम्मेदवारका रुपमा रहेका इटहरीका महेश पौडेल र बाग्लुङका सुदिप राज भण्डारी रहेका छन् ।