काठमाडौं, पुस ६ । नेपाल आइडल सिजन टुको उपाधि जितेका रवि ओडको कहाँनि अरुको भन्दा कहालीलाग्दो नै छ । उनले भोगेको दुख र गरेको संघर्षले बताउछ कि उनि एकदिन सफलाताको शिखरमा अवस्य पनि पुग्ने छन् । र उनी पुगे पनि । यतिबेला नेपाल आइडल भनेर चिनिएका रबी जीविकोपार्जन गर्नको लागि, घर खर्च चलाउनको लागि म्यादी प्रहरीमा पनि बनेका थिए । नेपाल आइडल सिजन-२ को विजेता बनेका रविले २२ लाख र गोल्डेन माइक पाएका छन् । आइडलको उपाधि जित लगत्तै रवि स्टेजमा नै भक्कानिँदै रोए र उनले बिक्रमलाई संहाल्दै भने यो मेरो मात्रै जित होइन सारा नेपालीको जित हो । रविले आँसु पुछ्दै बोलीरहँदा ४ जना नै स्टेजमा खुशी बाँडीरहेका थिए ।
सानै छदा गुनगुनाएको सुनेर आमाले सोच्थीन रे मेरो छोरो एकदिन ठुलो कलाकार बंन्छ होला । तर विडम्बना यतिबेला छोरा आईडल भएको सफलता हेर्न चाहने उनलाई जन्माउने आमा यो संसारमा छैनन् । हुदी हुन् त आज रविको सफलतामा सबै भन्दा बढी खुसि हुन्थिन् । यतिबेला उनकि अर्की आमा छन् जसले आमाको मायामा कहिल्यै कमि हुन दिएनन । परदेशमा बुवा छन् जसको खुसीको सिमा नै छैन । हजारौ आफन्त लाखौ शुभचिन्तक छन् । उनीहरु सबैलाई रविको सफलताले निकै खुसि बनाएको छ ।
आजसम्म डेन्जर जोन मा समेत नपरेका रविले नै पाधि जित्ने धेरैको अनुमान थियो । फलत सावित पनि भयो । सिजन २ को धनगढी अडिशनबाट नेपाल आईडलको यात्रा तय गरेका रबिले हरेक पटक आफुले उत्कृष्ठ गीत गाउँदै निर्णायाक, दर्शक तथा संगीत पारखिको मन जितेका थिए । रबिले सुदूर तथा कर्णाली प्रदेशको संस्कृति झल्किने डेउडा, लोक गीत तथा आधुनिक, राष्ट्रिय, पप लगायतका गीतमा उत्कृष्ठ कला पस्किँदै सबैको मन जित्न सफल भए । नेपाल आईडलको मञ्चमा उनले गाएका सबैजसो गीतमा जजले प्रशंसा गरेका थिए ।