• तेजन खड्का

    मोरङ— लिम्बू आति आफ्नो मुख्य चाँड ‘चासोक तङ्नाम’ आज पुश ७ गते धुमधामका साथ मनाईरहेका छन् । लिम्बूहरुको जातिय संस्था किरात याक्थुम चुम्लुङको आयोजनामा उक्त पर्व उत्सवका रुपमा देशभर मनाईन्छ ।

    लिम्बु भाषामा ‘चासोक’ को अर्थ न्वागी र ‘तङनाम’ को अर्थ उत्सव वा चाडपर्व हुन्छ । परम्परादेखि घरघरमा चासोक तङनाम मनाउदै आए पनि डेढ दशकयता यसलाई आदिवासी जनजाति लिम्बुलगायत चार किरातीले  आफ्नै शैलीमा सामूहिक रुपमा सार्वजनिक माङहिम र स्थलमा  भेला भई तीन दिनसम्म मनाउन थालेका छन् ।

    रिसराग, इष्र्या बिर्सेर चासोक तङनाममा आत्मीयतासाथ लिम्बु दाजुभाइ एवं दिदीबहिनीले भेटघाट र शुभकामना आदानप्रदान गर्छन् । खाद्य परिकार चाम्रे, याङबेन (झ्याउ), सिगोले, फिलिङ्गे र फुदोको अचार, कोदोको तोङवा, तीनपाने रक्सी बनाएर खाने गर्छन् । पाहुनाको सेवासत्कार गर्छन् । चेलीबेटी हुक्वा (आफैले बनाएको शोभित) र अन्य प्रकारको चेसुङ (कोसेली) साथ माइतीघर आउनेजाने गर्छन् । युवा सार्वजनिक स्थानमा भेला भई परम्परागत जातीय खेल ‘पक्लुङ’ छेलो हान्ने खेल) खेल्नुका साथै माछा मार्ने गर्छन् । सामूहिक रुपमा केलाङ (च्याब्रङ) बजाएर र्छुइ र्छुइ हा सरलाइमा सर भन्दै नाच्छन् । नाता नपर्ने तरुणतन्नेरी जातीय पहिरन र गहनामा सजिएर एकआपसमा हात समाउदै मायाप्रीतिका गीतलाई पालामको भाकामा स्वर उरालेर ‘यालाङ’ (धाननाच) नाँच्छन् । प्रौढ, वृद्धवृद्धा मुन्धुमी साम्लो, हाक्पारे आदि गीत गाएर मनोरन्जन गर्छन् ।

    यस चाडले जातीय पहिचान र सांस्कृतिक गौरव बढाउनुका साथैं सामाजिक सद्धभाव, एकता र पारस्परिक सहयोगको भावना पनि विकास गरेको किराँत याक्थुम चुम्लुङ उर्लाबारीका सचिव अमर सेलिङले बताए । पुरानो पुस्ताका लिम्बूले आप्mनो संस्कार संस्कृति नयाँ पुस्तालाई चासोकको माध्यमबाट हस्तान्तरण गर्ने चलन छ । चासोक तङ्नाममा आयोजना हुने कार्यक्रममा गैह्रलिम्बू समुदायका मानिसहरुको पनि बाक्लो उपस्थिती रहदै आएको छ । जसले गर्दा जातिय सद्भावको विकास गराएको जानकारहरु बताउछन् । यसपर्वमा लिम्बू जातिका मानिसहरुले शुभकामना साटासाट गर्दै उत्सवका रुपमा मनाउने चलन रहेको छ ।

    यसपर्वले भाइचारा,आपसि सद्भाव बढाउने लिम्बूहरु बताउछन् । पछिल्लो समय हङकङ, बेलायत, बुन्राई, सिंगापुर लगायतका देश बिदेसिएका लिम्बुले पनि यो पर्व मनाउँदै आएका छन् । चासोक पर्वको अवसरमा मोरङको राजघाटमा तिन सम्म मेलाको आयोजना हुने भएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…