• देबु बानियाँ
    बाहुनडाँगी । नेपाल जेसीजको ४५ औँ राष्ट्रिय माहधिवेशन जनकपुरमा सुरु भएको छ ।
    जनकपुर महानगरपालिका स्थित त्रितिया गाँछीको खुल्लला मैदानमा सुरु महाधिवेशनको उद्घाटन गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डाक्टर रामवरण यादवले गर्नु भएको थियो । देशभरबाट करिब १८ सय जेसीजमनहरुको महाधिवेशनमा सहभागिता रहेको छ ।
    जनकपुर जेसीजको आतिथ्यतामा भइरहेको महाधिवेशन मंगलवारसम्म सञ्चालन हुने छ । महाधिेवेशनको अवसरमा पारेर नेपाल जेसीजले विभिन्न विधामा उत्कृष्ट जनालाई सम्मान गरेको छ । यसरी सम्मानित हुनेहरुमा झापाका उद्यमी दिपेश ढकाल, काठमाडौँकी स्नेह भण्डारी, प्रदिप बजगाई, भुवन गन्दर्भ, सानुबा सुनुवार र जगलाल महतो रहेका छन् । उनीहरुलाई कार्यक्रममा प्रमुख अतिथि प्रथम राष्ट्रपति डाक्टर रामवरण यादव र नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष सिनेटर श्रीधर बस्यालले नगद, ताम्रापत्रसहित सम्मान गर्नु भएको थियो ।
    यसैगरी, नेपाल जेसीजलले १२ जना लाई जेसीज सिनेटरसिप प्रदान गरेको छ । यसरी सिनेटरसिप प्राप्त गर्नेहरुमा लहान जेसीजका राजाबाबु शाह, नुवाकोटका रविन पोखरेल उर्लावारी जेसीजबाट केदार भण्डारी, सिदार्थ जेसीजबाट कमल भण्डारी, भकुण्डेबेसीबाट रुकमणि भण्डारी, गोदावरी जेसीजका आशिष शर्मालगायत रहेका छन् । उक्त सिनेटरसिपको घोषणा नेपाल जेसीजवका निवर्तमान अध्यक्ष प्रकाशप्रसाद अधिकारीले गर्नु भएको थियो ।
    सोही समारोहमा नेपाल जेसीजको स्मारिका समेत विमोचन गरिएको थियो । कार्यक्रममा नेपाल जेसीजका संस्थापक अध्यक्ष भेषबहादुर थापा, राष्ट्रिय अध्यक्ष श्रीधर बस्याल, प्रदेश नम्बर २ का मुख्य मन्त्रि लालबाबु राउत, जनकपुर उप महानगरपालिकाका मेयरलालकिशोर शाह, महाधिवेशन निर्देशक सन्तोषकुमार शाहलगायतले नेपाल जेसीजको महाधिवेशनको् सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो ।
    नेपाल जेसीजका महासचिव श्रीराम पौडेलले यो वर्षको महासचिवको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । शाखा अध्यक्ष जितेन्द्र महासेठलले सहभागिलाई स्वागत तथा निरुपित राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष सिनेटर विकास मानन्धरले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।
    ४ दिनसम्म सञ्चालन हुने महाधिवेशनले वर्ष २०१९ का लागि नया नेतृँव समेत चयन गर्नेछ ।

     

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…