• पौष ८,पथरी । मोरङको उत्तरी नगरपालिका लेटाङ नगरपालिको को वडा नम्वर मा रहेको एकता स्पोर्ट क्लवको आयोजना मा पौष १७ गते बाट गोल्ड कपको आयोजना हुने भएको छ ।
    १ नम्वर प्रदेशका ख्याति प्राप्त ८ क्लबहरुको सहभागितामा प्रथम बुधवारे गोल्डकप फुटवल प्रतियोगिता सञ्चालन हुन लागेको आईतवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईएको छ ।
    “खेल खेलौँ स्वस्थ वनौँ” भन्ने नारका साथमा क्लवले पहिलो पटक स्थानिय स्तरमा खेलाडि उत्पादन गर्ने तथा खेलकुद क्षेत्रलाई व्यावसायिक बनाउने उदे्श्यका साथमा पहिलो पटक गोल्ड कपको आयोजना गर्न लागिएको क्लवका अध्यक्ष बाल कुमार श्रेष्ठले जानकारी दिएका छन् ।
    पौष १७ गते बाट सञ्चालन हुने खेल स्थानिय एकता स्पोर्ट क्लवको खेल मैदानमा हुने आयोजकले बताएको छ ।
    पहिलो पटक आयोजना हुन लागेको सो प्रतियोगिताको विजेता टिमले नगद १ लाख १ हजार, दोस्रो हुने टिमले नगद ५१ हजार ट्रफि,मेडल र प्रमाण पत्र हात पार्ने आयोजकले जानकारी दिएको छ ।
    खेल अवधि भर हरेक दिन उत्कृष्ठ खेल खेल्ने खेलाडिलाई ट्रफिले सम्मान स्वारुप म्यान अफ दि म्याचको घोषणा गरि सम्मान गरिने आयोजकले बताएको छ । खेल सञ्चालन गर्नका लागि खेल अवधिभर १५ लाख रुपैयाको अनुमानित खर्च वजेट सार्वजनिक गरेको छ । भने सो खेल सञ्चालन गर्नका लागि मुख्य प्रायोजकका रुपमा टुर्वोग वियर,मुख्य सहयोगिका रुपमा लेटाङ नगरपालिका रहेको वताईएको छ ।
    अन्य सहयोगिमा वडा नम्वर २ ,स्थानिय सामुदायिक वन, नगरका अन्य वडाहरु,स्थानिय रुपमा सञ्चालनमा रहेका क्रसर उधोगहरुको आर्थिक सहयोगमा सो गोल्ड कप सञ्चालन गर्न लागिएको क्लवका अध्यष श्रेष्ठले जानकारी दिएका छन् ।
    २०७३ सालमा विधिवत रुपमा जिल्ला प्रशासन कार्यालय मोरङमा दत्र्ता भई खेलकुद क्षेत्रका विभिन्न कार्यहरुमा क्लवले स्थानिय युवाहरुलाई प्रतक्ष्य रुपमा समलग्नता गराउदै आएको छ भने स्थापना पछि क्लवले ठुलो आयोजनाको रुपमा २०६४ सालमा सिलभर कप प्रतियोगिता समपन्न गरिसकेको आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…