जनकपुर । नेपाल जेसीजको वर्ष २०१९ का लागि अध्यक्षका प्रत्यासी महेश पौडेलको सम्भावना बलियो देखिएको छ । जनकपुरमा शनिवारबाट सुरु भएको ४५ औँ राष्ट्रिय महाधिवेशनले चयन गर्ने नयाँ नेतृत्वका लागि अध्यक्ष पदमा उम्मेदवारी दिएका इटहरी जेसीजका महेश पौडेल र बाग्लुङ जेसीजका सुदिपराज भण्डारीबीच चुनाव हुने निश्चित प्राय भएको छ । जसमा महेशको पक्षमा पल्ला भारी देखिन्छ । यस अघि अध्यक्ष पदका लागि नेपाल जेसीजमा ६ जनाको उम्मेदवारी परेको थियो । उम्मेदवारी तालिममा बलियो प्रतिस्पर्धी मानिएका बीसहजार जेसीजका अरुणेश्वर खनाल र जनकपुर जेसीजका मनिष रमन शाह सहभागि नभएपछि उम्मेदवारी खारेज भएको थियो । यसैगरी पथरी जेसीजका संस्थापक अध्यक्ष अशोक शंकर र काभ्रे जेसीजका विकास मानन्धरले आइतवार भएको उम्मेदवारी अन्तवार्तामा सहभागि नभएपछि महेश पौडेल र सुदिप राजभण्डारीबीच चुनाव हुने पक्का भएको हो ।
लामो समय नेपाल जेसीजमा रहेर विभिन्न जिम्मेवारी बहन गरेका पौडेल शालिन, भद्र र हरेक जेसीजकर्मीहरुसँग सहकार्य गर्न सक्ने सफल लिडरसीप मानिन्छन् । गत वर्ष सिद्धार्थमा सम्पन्न ४४ औँ महाधिवेशनमा रामग्रामका श्रीधर बस्यालसँग ९ मतको झिनो अन्तरले पराजित बनेका पौडेल त्यसयता पनि निरन्तर जेसीजमा आबद्ध रहेर काम गरेका व्यक्ति हुन् ।
नेपाल जेसीजले आयोजना गरेका हरेक कार्यक्रममा सक्रिय सहभागिता जनाएका पौडेल श्रीधर बस्याललको नेतृत्वमा रहेको नेपाल जेसीजमा एउटा सारथी बनेर काम गरेका थिए । नेपाल जेसीजलाई पर्ने हरेक कठिनाइ र कामहरुमा सहकार्य गरेका पौडेल नेपाल जेसीजका थुप्रै पूर्व राष्ट्रिय अध्यक्षहरुको साथ रहेको छ ।
यता अध्यक्षका प्रत्यासी रहेका मनिष रमन शाह, अशोक शंकरले पनि पौडेललाई समर्थन गर्दै आफ्नो उम्मेदवारीलाई फिर्ता लिएका थिए ।
सिद्धार्थमा पराजय बन्दै गर्दा पौडेलले विजेता बनेका बस्याललाई नेपाल जेसीजको बागडोर तपाईको जिम्मा लगाएको छु । कुशल नेतृत्व गरेर अघि बढ्नुहोस् । म सहकार्य गर्न तयार छु भनेको शब्दले आम जेसीज मनहरुलाई बिजेको थियो । जुन महान्ता र उदारताले महेशप्रतिको सहानुभूति आम जेसीज मनहरुमा देखिन्छ ।
यसका साथै महाधिवेशनमा सहभागि हुन आएका हरेक व्यक्तिहरुको एउटै चाहना भनेको वर्ष २०१९ को नेतृत्व महेश पौडेललाई दिने देखिन्छ । आफ्नो शाखा इटहरी जेसीजबाटै उत्कृष्ट कार्य गर्दै कुशल लिडरसीप गरेका पौडेलको पक्षमा अधिकांश प्रतिनिधिहरु देखिन्छन् । ‘सकेसम्म निर्वाचन नगर्दै राम्रो हुन्छ’ धुलावारी जेसीजका अध्यक्ष नारायण खनालले भने–‘नतिजा स्पष्ट छ । यो अनावश्यक खर्च गरेर किन अघि बढ्ने ? यो महाधिवेशनले सर्वसम्वत रुपमा नेतृत्व चयन गर्ने हो भने जनकपुरले एउटा नयाँ इतिहास कोर्नेछ ।
आइतवार ४ बजेबाट उम्मेदवारहरुको ककस सुरु हुनेछ भने सोमवार निर्वाचनको तयारी गरिएको निर्वाचन आयुक्तले जनाएको छ । महाधिवेशन मंगलवारसम्म सञ्चालन हुनेछ ।