• रातोकलम अनलाइन।
    डिसेम्बर-२३,क्वालालम्पुर।

    नेपाल् म्हार म्हेन्दो तामाङ कलाकार संघ मलेसियाको प्रथम बार्सिक उत्सब तथा सम्मान कार्यक्रम भब्य रुपले सम्पन्न भएको छ।सघका सचिव अमिर लोप्चन तामाङले सञ्चालन गरेको उक्त कार्यक्रममा म्हार म्हेन्दो कलाकारहरुको मनमोहक नृत्यले कार्यक्रम स्थल र उपस्थित दर्शकहरु झनै आकर्षित बनिरहेको थियो।

    संघका अध्यक्ष फुर्वा दोर्जे मोक्तान तामाङले संघले एक बर्ष भित्रमा गरेको प्रगति बिवरण प्रस्तुत गर्नु भएको थियो भने सम्पुर्ण कलाकार मित्रहरूमा शुभकामना मन्तव्य समेत ब्यक्त गरेका थिए।संघलाई बर्ष भरी साथ सहयोग दिने सम्पुर्ण नेपाली तामाङ कलाकारहरुलाई सघका तर्फ बाट अध्यक्ष फुर्वा र सल्लाहकार जगत दोङ्ग तामाङले संयुक्त रुपमा दोसल्ला ओढाइ सम्मानपत्र प्रदान समेत गरेका हुन।

    त्यसैगरी कार्यक्रममा कलाकारको अलावा नेपाली खेलाडी र पत्रकार पनि सम्मानित भएका छन।सम्मानित हुनेहरुमा मलेसियामा बिगत लामो समय देखी कराते खेलमा आबद्ध रहि मलेसिया लगायतको अन्तर्राष्ट्रिय देशहरुमा भएको खेलहरुमा पटक पटक जित हासिल गर्दै नेपाल र नेपालीको शिर उच्च पार्ने कार्य गरेका अन्तरास्ट्रिय रेफ्री तथा खेल प्रशिक्षक योगेन्द्र कोईराला र सोनाम नोर्बु तामाङलाई सम्मानपत्र सहित सम्मानित गरेको हो ।

    त्यस्तै प्रवास जस्तो ठाउँमा बसेर पनि आफ्नो रोजगारीको अलावा मलेसियामा कार्यरत नेपाली श्रमिक हकहितमा अडिग रहेर विभिन्न समस्याहरु संग जुध्दै लामो समय देखी कलमको माध्यमबाट पत्रकारिता क्षेत्रमा आबद्ध रहि श्रमिक उद्धारको निम्ति पुर्याउनु भएको योगदानको कदर गर्दै पत्रकार घनश्याम चौधरी (आर एन चौधरी थारु) लाई पनि सघले सम्मान गरेको छ।

    कलाकारिता संगसङ्गै मलेसिया लगायत नेपालमा समस्यामा परेका पीडित नेपालीहरुलाइ आर्थिक भौतिक सहयोग गर्दै आइरहेका संघका अध्यक्षको सवापतित्वमा औपचारिक रुपमा सुरु भएको उक्त बार्षिक उत्सव कार्यक्रममा प्रमुख अतिथि संजय लामा तामाङ ,बिशिस्ट अतिथी सितेरियो कराते संघ मलेसियाको अध्यक्ष योगेन्द्र कोईराला ,नेपाल् आदिवासी जनजाती महासंघ शाखा मलेसियाको सदस्य मिङमार सेतार तामाङ रहनु भएको थिए।

    भने अतिथीहरुमा क्रमश:नेपाल् आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) शाखा मलेसियाको अध्यक्ष दिपक सुनाखरी मगर , तामाङ बौद्ध महासंघ मलेसियाको महासचिव सोनाम नोर्बु तामाङ , तामाङ समाज मलेसियाको अध्यक्ष टासी पाल्मो वाइबा तामाङ,तामाङ बौद्ध महासंघ मलेसियाको महासचिव सोनाम नोर्बु तामाङ, लगायत विभिन्न संघ संस्थाको प्रतिनिधि, सन्चारकर्मि,कलाकार र दर्शकहरुको भब्य उपस्थिति रहेको थियो।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…