हेम गिरी
नेपाल आइडल सकियो । चर्चाको हिसाबले अन्य रियालिटी शो भन्दा धेरै चर्चित अनि देश अनि विदेशमा रहेका धेरै नेपाली मनहरुले मन पराएको रियालिटी शो बन्यो नेपाल आइडल । नेपाल आइडलको सुरुवातीमा जति चर्चा थियो, त्यो भन्दा दोब्बर चर्चा आइडलको समाप्तीमा भयो । आइडलको टप १२ बाट मैले जादुमय आवाजकी धनी अस्मिता अधिकारीलाई सपोर्ट गरेको थिए । प्राय, पुरुषहरुले जित्ने रियालिटी शो'हरुमा म हिम्मत नै गरेर महिलाहरुले टाइटल जित्नु पर्छ भनेर समर्थन अनि प्रचार गर्ने काममा लाग्छु फेरी यसो भनेर मैले योग्य पुरुषहरुले टाइटल जित्न्नै हुन्न त्यो महा पाप हो भनिरहेको होइन । नेपालमा आयोजना हुने प्राय रियालिटी शो’हरूमा महिलाहरूको धेरै सहभागीता भएता पनि उपाधी नजिक नपुगिरहेको अवस्थामा यो पल्टा एक जना महिला उपाधी नजिक पुगेको सुखद अवसर प्रप्ता भएको थियो । नेपाल आइडलको उपाधी महिलेले नै जितेको हेर्न चाहना म मात्रा होइन, अरु थोप्रै पनि थिए ।
अस्मिता अधिकारी, नेपाल आइडल अगाडी मेरो लागि एकदम नौलो नाम हो । नेपाल आइडलको सुरुवातीमा उनको प्रस्तुती हेरेपछि मैले समर्थन गर्नु पर्ने महिला यिनै हुन भनेर उनलाई जिताउन लागिपरे । अस्मिताको आवाजको मैले धेरै चोटी धेरै तिर प्रशंसा गरिसकेको छु । अस्मिताले नेपाल आइडलको उपाधी प्रप्ता गर्न नसके पनि उनले नेपाल आइडल मार्फत धेरै सफलता प्रप्ता गरेकी छिन अनि म जस्ता धेरैको आइडल बनिसकिन । नेपाली समाज भनेको पुरुष प्रधान समाज हो भनेर परिभाष गरिन्छन, यस परिभाषामा तपाईहरु लेखकसँग समेत हुनै पर्छ भन्ने छैन । समाजमा महिला र पुरुष बराबर हुन भन्ने मान्यता राखे पनि लैंगिक असमानतावादी ग्रसित छ नेपाली समाज । सानोमा छोरीलाई किनिदिने खेलौना अनि छोरालाई किनिदिने खेलौनाबाटै हाम्रो समाज पुरुष प्रधान छ भन्ने बुझ्न एकदम राम्रो तरिकाले सकिन्छ । महिला भएकै कारणले केही गर्न सक्दैनन् भन्ने सोचाको गरिबी भएकाहरुले अस्मिता अधिकारीबाट धेरै कुरा बुझ्न एकदम जुरुरी छ र अहिले नै सिक्नु पनि पर्छ भनेर यो लेखक सबै गरिब सोच भएकाहरुलाई अनुरोध गर्दछ ।
नेपाल आइडल कसले जित्यो भन्ने कुरासँग भन्दा पनि अस्मिता अधिकारीले आइडलमा आम नेपाली महिलाको प्रतिनिधि कसरी गरिन भन्ने कुरा मेरो लागि ठुलो विषय भयो । मैले यसो भनिरहँदा, धेरैले मलाई स्त्रीलम्पट पनि भन्छन तर, मलाई त्यस्ता कुराले खासै अर्थ राख्दैन । नर्सिङ्गकी विद्यार्थी अस्मिताले नेपाली संगीतको एक साधक हुँ भन्ने कुरा संसार सामु प्रमाणित गरि सकिन । अहिले अस्मितालाई संसारले चिन्छ । नेपाल आइडलको उपाधी आवाज अनि प्रस्तुतीको हिसाबले जित्नु पर्ने हो न कि गरिबी अनि अन्य अनेक समस्याले । नेपाल आइडलको नतिजा सार्बजनिक भएको समयमा अस्मिताको म जस्तो समर्थकहरुलाई कति दुख लागेको थियो भन्ने कुरा म यहाँ कुनै शब्दले पनि व्यक्त गर्न सक्दिन । अस्मिता अन्य भन्दा कमजोर बन्दै थिइनन् तर,भोटले कमजोर बनायो ।
अस्मितालाई भोट कति आयो त्यो हाम्लाई थाहा भएन तर, विश्वास गरौ भोट धेरै पाएकाले नै उपाधी जिते भनेर । अस्मिता आफैमा सकारात्मक, उर्जाशील, मेहेनती अनि दृढसंकल्प लिने एक संगीतकी साधक हुन् । नेपाल आइडलमा यात्रामा अस्मितामा आइपरेको विभिन्न विवादस्पद विषयलाई उनले सकारात्मक तरिकाले लिएर सधै आइडलमा कसरी राम्रो प्रस्तुती दिने भन्ने विषयमा मात्र मेहेनत गरिरहिन । अस्मिता अब नेपाल आइडलमा आउन चाहनु हुने धेरै महिलाहरुको लागि आइडल भैसकेकी छिन । महिलाहरु नेपाल आइडल हुने सक्दैनन् अनि फिनालेसम्म पुग्ने सक्दैनन् भन्नेहरुलाई अस्मिताले मज्जाले जावफ दिएकी छिन । जित्नेहरुको धेरै ठाउँको इतिहासमा नाम लेखिएको हुन्छ तर अस्मिताले नेपाल आइडलको उपाधी नजिते पनि नेपाल आइडलको इतिहासमा नाम लेखाइ सकिन ।
नेपाल आइडलको इतिहासमै पहिलो पटक फिनालेमा पुग्न सफल एक जना मात्र महिलाको रुपमा अस्मिताको नाम सधै रहिरहने छ । व्यक्तिगत विचारमा कसैले कुनै बेला पनि कसैलाई केहि भन्न मिल्दैन तर आज म यहाँ यति भन्छु, अस्मितालाई नेपाल आइडल जिताउनको लागि धेरै नेपाली महिलाहरु लागि नपरेकै हुन् ।
यो विषयमा लेखकको त्यस्तो धेरै असहमति केहि छैन तर देश तथा विदेशमा रहेका नेपाल आइडलमा भोट गर्न सक्ने अनि पहुँज भएका नेपाली महिलाहरुले मात्र अस्मितालाई भोट गर्दिएको भए अस्मिताले नेपाल आइडलको उपाधी जित्न मज्जाले सक्ने थिइन् । अस्मिताले नर्सिङ्ग मार्फत सेवा गरिरहेकी छिन अनि भविष्यमा पनि गर्छिन अब अस्मितालाई बिरामीलाई सेवा गरेर बसिरहने बाहेक नेपाली सांगीतिक क्षेत्रमा गीत ल्याउने जिम्मेवारी पनि थपिएको छ । फेरि भन्छु, यसपालीको मेरो नेपाल आइडल अस्मिता अधिकारी हुन, मैले यसो भनेर रवि ओडप्रति सम्मान नगरेको होइन । अस्मिताको सफलताको हार्दिक शुकामना !