• नेपाल आइडलको उत्कृष्ट चारमा सफल भइन् अस्मिता अधिकारी। उनले पुरस्कारस्वरूप एउटा स्कुटी प्राप्त गरेकी छन्। यहाँ पुग्नु नै आफ्ना लागि ठूलो उपलब्धि भएको र अत्यन्त मीठो अनुभव सँगालेको उनले बताइन्। उनले ‘मेरो प्यारो मान्छे तिमी’ बोलको गीतमा उत्कृष्ट आवाज दिएर नेपाल आइडलमा प्रवेश पाएकी हुन्। पेसाले नर्स हुन् अधिकारी। उनले नेपाल मेडिकल कलेज जोरपाटीबाट बी एस्सी नसिङ पूरा गरेकी छन्। स्वास्थ्यसँगै संगीतमा केही गर्ने रहर छ उनलाई।

    औपचारिक रूपमा ६ महिना शास्त्रीय संगीत सिकेकी उनी नर्सिङ पढ्दै गर्दा पनि औपचारिक कार्यक्रममा गीत गाउने गर्थिन्। उनको परिवारमा कोही पनि संगीत क्षेत्रमा छैनन्। उनी भने सानैदेखि मीठो लयमा भजन गाउने गर्थिन्। फुर्सद पाएको कुनै पल होस् उनी गीत गुनगुनाइरहेकी हुन्छिन्। पढाइ नर्सिङ तर रहर गीत गाउने, दुवै फरक विधा। तर उनलाई अप्ठ्यारो लागेको छैन। भन्छिन्, ‘दुवै कामलाई सँगसँगै लैजान सक्ने क्षमता छ मसँग। सेवाका लागि नर्स र रुचिका लागि गायिका बन्छु, गीत सुनाउँदै बिरामीको उपचार गर्छु।’

    नर्सिङ विषयमा मास्र्टर्स गर्ने उनको मुख्य सपना हो। अहिलेको यो सफलतापछि व्यावसायिक रूपमा नै गीतसंगीतमा मेहनत गर्ने सोच राखेकी छन्। उनी अञ्जु पन्तको स्वरको फ्यान नै हुन्। अरुणा लामा, तारा देवी र नारायणगोपालका मेलोडियस गीत उनलाई विशेष मन पर्छ। उनमा पप, लोक, आधुनिक, सेन्टिमेन्टल सबै खालका गीतमा स्वर दिन सक्ने खुबी छ।

    आफूलाई चौथो स्थानसम्म पुर्‍याउन सहयोग गर्ने सबैलाई हार्दिक आभार व्यक्त गर्दै उनले आउने दिनमा यही क्षेत्रमा अझ राम्रो गर्ने बताइन्। उनी भन्छिन्, ‘संगीत मेरो नसानसामा छ,। उनी हरेक प्रकारका गीतमा अब्बल प्रस्तुति दिने प्रतियोगीमा पर्छिन्। आउने दिनमा व्यावसायिक रूपमा संगीतलाई अगाडि लैजाने र आफ्नो सपना पूरा गर्नको लागि नर्सिङ पेसा पनि अपनाउने उनले बताइन्।अन्नपूर्ण पोष्ट

     

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…