• बाहुनडागी । नेपाल जेसीजको वर्ष २०१९ का लागि इटहरीका महेश पौडेल निर्वाचित भएका छन् । जनकपुरमा सम्पन्न ४५ औँ राष्ट्रिय महाधिवेशन अन्तरगत सोमवार भएको मतदानमा बाग्लुङका सुदिप राजभण्डरारीलाई ६ सय ६० मतको फराकिलो मतअन्तरले हराउँदै आगमी १ वर्षका लागि पौडेल अध्यक्षमा निर्वाचित भएका हुन् ।
    यसैगरी कार्यकारीणी उपाध्यक्षमा नुवाकोट जेसीजका रविन पोखरेल, विराटनगर जेसीजका श्याम सुन्दर पौडेल मिलन,गछिया जेसीजका अमिश ढकाल र कपिलवस्तु जेसीजका रमेशचन्द्र भुषाल निर्वाचित भएका छन् । यसैगरी राष्ट्रिय उपाध्यक्षहरुमा रामनगर जेसीजका भोजराज चापागाई, त्रिभूवन नगर जेसीजका लालमणि भण्डारी, भकुण्डेबसी जेसीजकी रुकमणि भण्डारी, सिद्धार्थ जेसीजका कमल भण्डारी, गैडाकोट जेसीजका गोकुल सापकोट, नवलपुर जेसीजका कृष्णप्रसाद अर्याल, नारायणगढ जेसीजका अर्जुन अधिकारी, पाटन जेसीजका सुमनकृष्ण श्रेष्ठ, अतरिया जेसीजका दिनेश बोहोर, काठमाडौँ जेसीजकी इनु थापा, बसामाडी जेसीजका हरि शर्मा, थानकोट जेसीजका मोहनलाल डाँगी निर्वाचित भएका छन् ।
    उपविजेता हुनेहरुमा कार्यकारीणी उपाध्यक्षमा टङ्कीसिनवरीकी मञ्जरी घिमिरे, कर्णाली जेसीजका अनिलबहादुर शाही, कोहोलपुर जेसीजका हेमराज बस्नेत, बुधवारे जेसीजका अतुल प्रसाई रहेका छन् ।
    यसैगरी उपविजेता हुने उपाध्यक्षहरुमा अर्जुनधारा जेसीजका अजयकुमार देव, गोदावरी जेसीजका आशिष शर्मा, धापसीका सुशिल बुढाथोकी,
    कोहोलपुर जेसीजका प्रकाश लामिछान चन्द्रनिगापुर जेसीजका अनन्तकुमार अधिकारी, रहेका छन् ।














सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…