• हेटौँडा, १० पुस
    प्रदेश नं ३ का सामाजिक विकासमन्त्री युवराज दुलालले जनअपेक्षाअनुसार काम गर्न कर्मचारी अभावले समस्या भएको बताउनुभएको छ ।

    सामाजिक विकास मन्त्रालयको स्वीकृत कार्यक्रम, वार्षिक बजेट, सङ्घीय सरकारबाट हस्तान्तरित कार्यक्रमबारे जानकारी दिँदै उहाँले कर्मचारीको अभावमा सहजरूपले काम गर्न समस्या भएको बताउनुभएको हो ।

    जनताको अपेक्षाअनुसार पारदर्शी शासन व्यवस्था कायम गर्न र पारदर्शिता अपनाउन आफ्नो मन्त्रालय लागेको बताउँदै उहाँले यसअन्तर्गतका सात विभागमध्ये तीनवटामा विभागीय प्रमुख र आवश्यकताअनुसार कर्मचारी छैन भन्नुभयो । कर्मचारी अभावले बजेट कार्यान्वयन, अनुगमन तथा कार्यसञ्चालन गर्न समस्या भएको उहाँको भनाइ थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…