पौष १०,पथरी । मोरङको बेलवारीमा बेलवारी चिसाङ साझेदारी वनको तेस्रो साधारण सभा समपन्न भएको छ ।
कार्यक्रममा आर्थिक वर्ष २०७४÷७५ को असार मसान्त सम्मको कुल सञ्चालन आम्दानि ९२ हजार ५ सय २० रुपैया र सञ्चालन खर्च ८४ हजार ७ सय २० रुपैया भएको बार्षिक अर्थिक प्रतिवेदन सदस्य सचिव बिक्रम अमात्यले प्रस्तुत गरेका थिए ।
साझेदारी वन पूर्व पश्चिम राजमार्ग उत्तर बेलवारी सेक्टर वन कार्यालय,ईलाका वन कार्यालय बेलचौरी,देविथान र डागिहाट अन्र्तगतको प्रदेशकै कान्छो तथा चौथो साझेदारी वनका रुपमा २०७४ असोज २६ गते साझेदारी वनको व्यावस्थापन योजना वन विभागवाट स्वीकृत भई कार्यान्वयनमा आएको वन हो ।
वैज्ञानिक वन व्यावस्थापन प्रणलीमा आधारित यस साझेदारी वनको कार्ययोजना भईरहेको भने यो पहिलो वर्ष रहेको वनका संयोजक योगेन्द« बहादुर गुरुङले बताए ।
साविकको ३ वटा नगरपालिका र १४ वटा गाविसमा रहेका ३५ हजार ९ सय ९७ घरधुरी समेटि १ हजार ६ सय ४६.७३ हेक्टर वन क्षेत्रको संरक्षण गर्दै २ लाख बढि उपभोक्ताका विचमा मितेरी साईनो गास्दै आएको गुरुङले वताएका छन् ।
कार्यक्रममा प्रमुख अथितिका रुपमा रहेका प्रदेश नम्वर १ का उधोग,पर्यटन,वातावरण तथा वन मन्त्रालयका प्रदेस सचिव बदि« राज ढुङगानाले आम जनतालाई प्राकृतिक स्रोत साधनको सहज उपभोग गराउन र माथिल्लो भेगमा भएका वन जन्य प्राकृतिक स्रोतको अपनत्व महसुस गराउन साझेदारी वनको धाराणाले आम तल्लो भेगका जनतालाई सहज वातावरणको सृजना गरिरहेको वताएका छन् ।
साझेदारी वनको मुख्य उद्ेश्य नै दुर दराजमा वसोवास गर्ने जनतालाई सहजरुपमा काठ,दाउराको सहज उपलब्धता गराउनु रहेको भन्दै उनले सो काममा साझेदारी वनले जनता र वन जन्य प्राकृतिक स्रोतका विचमा पुलको भुमिका निर्वाह गरेको कुरा उल्लेख गरे ।
कार्यक्रमा मोरङ जिल्ला वन प्रमुख विशाल घिमिरे,साझेदारी उपभोक्ता महासघ मोरङ जिल्ला संयोजक तथा पथरीशनिश्चरे साझेदारी वन उपभोक्ता समुहका संयोजक प्रकाश पौडेल,वेतना सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष डम्वर वस्नेत,सेक्टर वन कार्यालय उर्लावारी मंगलवारेका प्रमुख , बेलवारी नगर प्रमुख ज्ञानेन्द« सुवेदी, वडा नम्वर १ का वडा अध्यक्ष चक्र खुलाल लगाए साझेदारी वन उपभोक्ता समुहका सदस्यहरु का सथै साविकका १४ वटा गाविसका जनप्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रमको सम्वोधन गर्दै नगर प्रमुख सुवेदीले साझेदारी वन र सामुदायिक वनका विचमा नितिगत असमझदारी भएको कारण वेल वखत दुवै समुहका विचमा असमझदारीको अवस्था सृजना हुने गरेको भन्दै सोको निराकरणका लागि प्रदेस सरकार लाई गम्भीर भएर समस्याको समाधान खाज्न आग्रह गरे ।
कार्यक्रममा साविकका १४ गाविस हालको धनपालथान गाउपालिका,कानेपोखरी गाउपालिका,वेलवारी नगरपालिका का १० जना जनप्रतिधिहरुलाई साधारण सभाको अवसरमा सम्मान समेत गरिएको छ । कार्यक्रम स्थानिय तमु बुद्घिष्ट गुम्वाको सभाहलमा मंगलवार समपन्न भएको हो ।