• तेह्रथुम, १० पुस : तेह्रथुममा विवाह भइरहेको बेला बेहुलीलाई कुटपिट गर्ने पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । गएराति १०.३० बजे विवाह भइरहेको फेदाप गाउँपालिका–३, जलजलेस्थित बेहुलीको घरमा स्थानीयवासी युवाको समूहले आक्रमण गरेको थियो । उनीहरूको कुटपिटबाट बेहुली प्रतिक्षा सम्बाहाम्फे र अन्य तीन जना घाइते भएका छन् ।

    प्रहरीले विवाहमा कुटपिट गर्ने १९ वर्षका सरोज लिम्बू, १४ वर्षका ओमन लिम्बू, २१ वर्षका दिनेश लिम्बू, १९ वर्षका सुदीप लिम्बू र १७ वर्षका मन्दिप लिम्बूलाई नियन्त्रणमा लिएको छ । कुटपिटबाट घाइते भएकी बेहुलीको थप उपचारका लागि विराटनगर पठाइएको र अन्य घाइते बेहुलीका दाजु देउमान लिम्बू, सुमन खापुङ र टीकादेवी सम्बाहाम्फेको जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नारायण गौतमले जानकारी दिनुभयो ।

    जलजलेकी प्रतिक्षासँग पाँचथरको फाल्गुनन्द गाउँपालिका–१, नवमीडाँडाका सचिन आङदेम्बेसँग विवाह भइरहेको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकोछ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…